रेडिंगमा भब्य नव बर्ष शुभकामना साँझ हुने/ सत्यकला राईले स्टेज तताउने

बिगत बर्षहरुमा जस्तै यसपाली पनि ग्रेटर रेडिगं नेपाली समाजले  भव्यताका साथ  नव बर्ष शुभकामना साँझ आयोजना गर्ने भएको छ।  'नव बर्ष शुभकामना साँझ' एऊटा नियमित कार्यक्रम हो जुन संस्थाले हरेक बर्ष नयाँ बर्षको शुभारम्भ संगै मनाऊँदै आईरहेको छ । १४ अप्रिल शनिबार आयोजना  हुने  उक्त कार्यक्रम संचालन गर्न समाजले ऊपाध्यक्ष  भिमसेन खड्काको नेतृत्वमा एक  तैयारी समिती पनि  गठन गरेको छ । कार्यक्रमको प्रमुख आकर्षण को रुपमा चर्चित गायिका सत्यकलालाइ निम्त्याइएको छ ।

संस्थाका महासचिब ओमकार अधिकारीका अनुसार कार्यक्रम निकै आकर्षक तरिकाले संचालन गरिने छ । जन चाहना बमोजिम आसनग्रहण र भाषणमा बिल्कुल समय ख़र्च गरिने छैन र पुरै समय मनोरन्जनात्मक कार्यरक्रममा सदुपयोग गरिने छ । साँस्कृतिक कार्यक्रमको साथमा Dinner , DJ र Dance को ब्यबस्था गरिएको छ । उक्त कार्यक्रममा नेपालबाट आयकी चर्चित गायिका सत्यकला राई को बेजोड प्रतुतीका साथमा स्थानिय कलाकारहरुको प्रस्तुती रहने कुरामा ढुक्क रहन संयोजक खड्काले सबैलाई अनुरोध गरेका  छन् ।

यसै अबसरमा  आयोजकले संस्थाका सबै पुर्ब अध्यक्ष्यहरु र समाजका सल्लाहकारहरु , आजीबन तथा साधारण सदस्यहरु लगायत संपुर्ण रेडिंगबासीहरुलाई सहभागिताको लागि  सबैमा हार्दिक बिनम्र अनुरोध गरेको छ  । प्रवेश शुल्क अग्रिम टिकट लिनेको लागि £ १० मात्र र १२ बर्ष भन्दा कम ऊमेर समुहलाई £ ८ मात्र तोकीएको छ । सोहि दिन ढोकामा टिकट लिनेहरुको लागि भने £ १२ तोकिएको छ ।

संस्थाका अध्यक्ष कृण्ण प्रसाद न्यौपानेका आनुसार संस्थाका साधारण तथा आजीबन सदस्यता लिन ईच्छुक सबैका लागि  सगस्यता परिचयपत्र प्रदान गर्ने कार्यक्रम जारी रहेको  छ । यस संस्थाको आजीबन सदस्यता परिचय पत्र देखाएर रेडिंगका बिभिन्न पसल तथा सेबा प्रदारक संस्थाबाट ग्राहकहरुले बिशेष प्रकारको छुट पनि  प्राप्त गर्न सक्ने ब्यबस्था मिलाईएको छ । जस्तै रेडिंग नेपाली समाजको आजिबन सदस्य बनेको ब्यक्तिले बिभिन्न Travel Agencies, Hair dressers , किराना पसल , रेस्टुरेन्ट , dry-cleaning shop र driving School हरुबाट बिशेष छुट पाऊने ब्यबस्था मिलाईएको छ ।

कार्यक्रम The Wearehouse मा बेलुका ६ बजे देखी १०:३० सम्म संचालन हुने छ भने आगन्तुक सदस्यहरु लागी स्वादिष्ट भोजनको पनि ब्यबस्था गरिएको छ । 

some content here
 थप पोस्ट

डा. अधिकारी भए वेलायत-नेपाल प्रज्ञा परिषदको अध्यक्ष

लण्डन,  
२१ अप्रिल २०१८

 वेलायत र नेपालबीच प्राज्ञिक तथा शैक्षिक सम्बन्ध प्रवर्द्धन गर्ने उद्देश्यले संचालित प्रमुख संस्था ‘वेलायत- नेपाल प्रज्ञा परिषद’ (The Britain-Nepal Academic Council) को गत हप्ता भएको निर्वाचनमा आगामी ४ बर्षको लागि डा. कृष्ण अधिकारीको अध्यक्षतामा तीन मुख्य कार्यकारी पदाधिकारीहरूको निर्विरोध चयन भएको छ । जस अनुसार महासचिवमा लण्डन स्कुल अफ इकोनोमिक्सकी डा. पुनम यादव र कोषाध्यक्षमा बर्मिङ्घम विश्वविद्यालयका डा. फ्रेजर सग्देन निर्वाचित भएका छन् ।

परिषदले आयोजना गरेको १६ औं नेपाल अध्ययन दिवस (नेपाल कन्फरेन्स) को सिलसिलामा अप्रिल १७ मा दरहम विश्वविद्यालयमा बसेको साधारण सभामा निर्वाचन आयुक्तको भूमिका समेत निभाएका परिषदका निवर्तमान अध्यक्ष प्रो. डेविड गेल्नरले उक्त निर्वाचनको नतिजा सार्वजनिक गरेका थिए । यस अघि परिषदको कोषाध्यक्षमा डा सेलेन हिटन-श्रेष्ठ रहेकी थिइन् ।

अक्सफोर्ड विश्वविद्यालयको मानवशास्त्र विभागका अनुसन्धानदाता डा. अधिकारी नेपाल अध्ययन केन्द्र बेलायतका संस्थापक सदस्य र पूर्व कार्यकारी निर्देशक रहेका थिए भने उनी परिषदको चौथो अध्यक्ष हुन पुगेका छन् । यस अघि उनी उक्त परिषद्को महासचिव रहेका थिए । प्रा. सूर्य सुवेदी, प्रा. माइकल हट र प्रा. डेविड गेल्नरले सो पदमा रही यस अघि सेवा गरिसकेका छन् । परिषदले प्रत्येक दुई  वर्षमा चार वर्षका लागि चार चार जना कार्यकारी सदस्यको निर्वाचन गर्दछ भने तीन जना पदाधिकारी छुट्टै निर्वाचित हुने गर्छन ।

स्मरण रहोस सन् २००० , २३ मेका दिन बेलायतस्थित नेपालसँग सम्बन्धित विभिन्न क्षेत्रमा शोध रुची भएका मानिसहरू तथा प्राज्ञहरूको स्कूल अभ् ओरियञ्टल एण्ड अफ्रिकन स्टडिज (सोआस्) मा भएको एक भेलामा यस परिषदको गठन गरिएको थियो । बेलायत र नेपालका द्विपक्षीय चासोका विषयमा साझेदारीमूलक अनुसन्धान, आपसी आदन-प्रदानका कार्यक्रम, बार्षिक प्रवचनहरू तथा सेमिनार कार्यक्रमहरू आयोजना गरी बेलायत—नेपालबीच प्राज्ञिक तथा शैक्षिक सम्बन्ध प्रवर्द्धन गर्ने उद्देश्यले परिषदको गठन गरिएको कुरा डा. अधिकारीले जानकारी दिए ।

परिषदले हरेको बर्ष नेपाल प्रवचन कार्यक्रम आयोजना गर्दै आएको छ र प्रत्येक दुई वर्षमा उक्त प्रवचन दिन नेपालबाट प्राज्ञ ल्याउने गरिएको छ । गत कार्यक्रममा प्रा. पिताम्बर शर्माले प्रवचन दिएका थिए । त्यसै गरी हरेक बर्ष बेलायतको एउटा विश्वविद्यालयको आतिथ्यमा नेपाल अध्ययन दिवश (नेपाल कन्स्फरेन्स) आयोजना गर्दै आएको छ ।

यस बर्ष डा. बेन क्याम्पबेलको आतिथ्यमा दरहम विश्वविद्यालयमा भएको सोह्रौं नेपाल अध्ययन दिवशमा नेपाल, स्पेन, पोल्याण्ड, स्विजरल्याण्ड, स्विडेन, नर्वे, अस्ट्रेलिया, बेलायत लगायत विभिन्न देशबाट आएका शोधकर्ताहरूले नेपालसम्बन्धी विभिन्न विषयमा आफ्नो ताजा अनुसन्धानमा आधारित ३५ वटा कार्यपत्रहरू प्रस्तुत गरेका थिए । कुल ७० जनाको सहभागिता रहेको र दुई प्यानलमा सञ्चालन भएको उक्त कन्फरेन्सको सिलसिलामा लुम्बिनी म्युजियम, १९७७ को हिमालयन एक्पिडिसन्, तिलौराकोट उत्खनन् को बारेमा थप विशेष प्रस्तुति र सेरा तामाङको मुख्य प्रस्तुति रहेको थियो ।

यो सालदेखि युरोप वा दक्षिण एसियाका कुनै एक विश्वविद्यालयमा भर्ना भै नेपाल वा संसारभरिका नेपालीसँग सम्बन्धी विषयमा विद्यावारिधि गरेका विद्यार्थीहरूका लागि प्रतिस्पर्धात्मक रूपमा छनोट हुने गरी ‘विद्यावारिधि शोधपत्र पुरस्कार’ सञ्चालनमा ल्याइएको जनाइएको छ । परिषदका अनुसार सन् २०१८ को पुरस्कार कोपनहेगन विश्वविद्यालयकी डा. मरिना क्रोजेनेभिकाले  प्राप्त गरेकी छन् ।

आगामी २०१९ को नेपाल अध्ययन दिवश एडिनबरा विश्वविद्यालयमा र २०२० को कार्यक्रम युसिएल लण्डनमा आयोजना हुने तय भएको छ भने २०१८ को सोह्रौं नेपाल प्रवचन जर्मनीको बेलेफेल्ड विस्वविद्यालयकी प्राध्यापक जोअना पाप्फ-जार्नेकाले १ नोभेम्बरको साझ सोआस्, लण्डनमा दिने जनाइएको छ ।

यसरि लामो समय देखि नेपाली प्राज्ञ र अनुसन्धानकर्ताहरुले वेलायत र अन्य मुलुकका समकक्षीहरुसंग हातेमालो गर्दै अगाडी बढेको यस संस्थाले नेपालको प्राज्ञिक तथा शैक्षिक मात्र नभई सामाजिक विकाश लगायतका क्षेत्रहरुमा टेवा पुर्याउने बिस्वास गर्न सकिन्छ ।

बेलायतबासीको सहयोगमा भूकम्पले क्षति भएको गोर्खाको एक बिद्यालयको निर्माण सम्पन्न

१५ अप्रिल २०१८

रेडिंग, युके

नेपालमा २०७२ साल बैशाख १२ गतेका दिन गोर्खा जिल्लाको बारपाकलाइ केन्द्र बनाई गएको विनासकारी महाभूकम्पले संसारभर छरिएर रहेका नेपालीहरुको मन पनि छिया छिया भयो ।  भूकम्प पीडितहरुको लागी सबैतिरबाट भौतिक तथा आर्थिक सरसहयोगका लागी आआफ्नो हिसाबले सहयोगी हातहरु सक्रिय भएका थिए । यस्तै सहयोग गर्ने क्रममा बेलायतको रेडिंगबासी नेपालीहरु खासगरी महिला तथा बिद्यार्थीहरुको सक्रियतामा आर्थिक सहयोग संकलन गरिएको थियो ।  रेडिंग निवासी समाजसेबी प्रतिमा केसीको संयोजनमा गोर्खा जिल्लाको बिकट गाउँ तत्कालीन आरुआर्बांग गाबिसको आर्बांगमा रहेको स्थानिका निम्न माध्यमिक विद्यालयको कम्तिमा एक वा दुइ कोठाको पुनर्निर्माणको लागी आर्थिक सहयोग संकलन गर्ने अभियान संचालन गरियो । सोहि क्षेत्रमा गएर ग्रामिण बिकासमा केही समय सहयोग समेत गरिसकेकी केसीको सो अभियानबाट १,७८४.९८  पाउण्ड  ( रु. २,७५,३३५) संकलन भयो । रकम संकलनको लागी रेडिंगमा रहेका बिद्यालय जाने साना बालबच्चादेखि सबैले सहयोग गरेका थिए ।

संकलित रकम प्रतिमा केसीको संयोजनमा स्थानिका निम्न माध्यमिक बिद्यालयका संस्थापक अध्यक्ष तथा समाजसेबी दल सिंग गुरुङको पहलमा एक वा दुइ कोठा निर्माण गर्ने योजना बन्यो तर सोहि स्थानमा पुनर्निमाण गर्ने वा नयाँ ठाउमा बनाउने भन्ने बिषयमा गाउँलेहरु अनिर्णित भइ ढिलाई भएकोले आरुआर्बांगको गुरुङ बस्ती रहेको वडा नम्बर ५ भोक्टेनी गाउँमा  नयाँ  प्राथमिक बिद्यालय भवन बनाउने  गाउँलेहरुको भेलाले निर्णय गर्यो । त्यसको नाम दीप ज्योती प्राथमिक बिद्यालय राख्ने निर्णय भयो र त्यसको लागी जग्गा प्राप्ति र आबश्यक प्रक्रिया पुरा गरी गाउँलेहरुले श्रमदान गरे भने एक कोरियन संस्थाले दुइकोठे बिद्यालय भवन निर्माण समेत गरिदियो ।

 

तत्कालको लागी कोठाहरुको आबश्यकता पुरा भएकोले बेलायतबासी नेपालीहरुबाट प्राप्त भएको सो सानो सहयोग रकमबाट बहुउदेश्यीय टहरा बनाउने निर्णय भयो । सो टहरा हालको लागी बालबच्चाहरुको खेल तथा शारीरिक बिकासको लागी प्रयोग गरिने छ भने भविष्यमा कक्षा थप गर्ने क्रममा त्यसबाट दुइ कोठाहरु निर्माण गरिने छ । टहरा निर्माणको लागी जनश्रमदान बाहेक कुल रु. २,९३,००० खर्च भएको तर संकलित रकम रु. २,७५,३३५ मात्र भएकोले नपुग रकम रु. १७,६६५ समेत प्रतिमा केसीले बिद्यालय निर्माणको लागी  थप आर्थिक सहयोग गरेकी थिइन ।

 

स्मरणीय कुरा के छ भने गोर्खाको बिकट क्षेत्रमा रहेको सो प्राथमिक बिद्यालय निर्माणको लागी बेलायतबासीहरुबाट प्राप्त भएको रकम निर्माण सामाग्री खरिद तथा ढुवानीको लागी मात्र प्रयोग गरिएको थियो भने सम्पूर्ण श्रमदान स्थानीय गाउलेहरुले गरेका थिए । यो काम सम्पन्न गर्नको लागी त्यस क्षेत्रकै लोकप्रिय समाजसेबी ८३ बर्षीय  भुतपुर्ब भारतीय सैनिक दल सिंग गुरुङको बिशेष भूमिका रहेको थियो । लाखौं नेपालीहरु जस्तै भूकम्पको विनासबाट मर्माहित समाजसेबी प्रतिमा केसीले आर्थिक सहयोग संकलन बाहेक अन्य थुप्रै रचनात्मक काम गरिसकेकी छन । उनले “हिम्मत हार्नु हुन्न हाम्ले” भन्ने भूकम्प सम्बन्धी उत्प्रेरणात्मक म्युजिक भिडिओ समेत निर्माण गरेकी थिइन ।

 

सत्यकलाको गितमा रमायो रेडिङमा नयाँ बर्ष

रेडिङ, युके
१५ अप्रिल २०१८ 

ग्रेटर रेडिङ नेपाली समाज युके (GRNCA) ले सदाझैँ यस पटक पनि हिजो १४ अप्रिलका दिन भव्यताका साथ नयाँ बर्ष मनायो ।  रेडिङकै एक स्थानीय सभागृहमा शुभकामना आदान-प्रदान गर्दै मनाईएको यस कार्यक्रमको सभापतित्व संस्थाकै अध्यक्ष कृष्ण न्यौपानेले गरेका थिए भने उद्घाटन प्रमुख अतिथी नेपाली राजदुताबास लण्डनका द्वितीय सचिब लब सुबेदि, संस्थाका पूर्ब अध्यक्ष्य अर्जुन बस्नेत, सल्लाहकार तथा समाजसेबी बिश्व आदर्श पण्डित, सल्लाहकार राम गलामी र सभापती कृष्ण न्यैपानेले पाँचवटा पानसमा बत्ति बालेर संयुक्त रुपमा गरेका थिए ।

New year

कार्यक्रमको शुभारम्भमा यसै संस्थाले आयोजना गरेको नेपाली कक्षाबाट प्रशिक्षित बालिकाहरु केनिशा गौतम र आद्या भट्टराईले राष्ट्रियगान प्रस्तुत गरेका थिए भने सभापति न्यौपानेको श्वागत तथा शुभकामना मन्तब्य संगै क्रमश: बिशेष अतिथी गैर आवासीय नेपाली संघ युकेका उपाध्यक्ष शेर सुनार र प्रमुख अतिथी लब सुबेदिले नयाँ बर्ष २०७५ को मंगलमय शुभकामना र कार्यक्रमको सफलताको कामना गरे ।

छरितो ढंगले संचालित औपचारिक कार्यक्रम पछि साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो जस्मा स्थानिय कलाकारहरु लक्ष्मी पौडेल, छाँया रिमाल र एलिजा ऊप्रेती, होम राना, ज्योती राई र बाल कलाकार आर्यन श्रेष्ठ लगायतले गित र संगितका साथमा आ- आफ्नो नृत्य पनि प्रस्तुत गर्दा दर्शक / श्रोता हरु निक्कै रोमान्चित भएका थिए । कार्यक्रमको बिचबिचमा महासचिब अधिकारीले पनि आफ्ना कबिता मार्फत शुभकामना शन्देश पस्केका थिए भने कबि तथा गायक रमेश कायस्थले आफ्नो ख्यातिप्राप्त कबिता ‘कबिता फुरेन’ को साथमा गित पनि गाउँदा खचाखच भरिएको हलको माहोल निक्कै तातेको थियो ।

New year

रमाईला कार्यक्रम र स्वादिला भोजनका साथ रमाईरहेको सो जनमानसलाई यसपछि नेपालबाट आएकी ख्यातिप्राप्त गायिका सत्यकला राईको प्रस्तुति र डिजे डायमन्डको गितहरुले हल नै जुरुक्क उचालिएको देख्न सकिन्थ्यो जहाँ युवा देखी बयस्क सबैले संयुक्त रुपमा रमाई रमाई भरपुर मनोरँजन लिईरहेका थिए । यसै साथ मनोरंजनका लागि संस्थाकी उपाध्यक्ष सुशिला गुरुङले संयोजन गरेको राफल ड्र पनि खोलिएको थियो ।

New year

कार्यक्रम संयोजक उपाध्यक्ष भीमसेन खड्का तथा महासचिब अधिकारीद्वारा आलो पालो गरि संचालित उक्त नयाँ बर्ष शुभकामना साँझ कार्यक्रममा अनपेक्षित रुपमा सोचिए भन्दा बढिको उपस्थिती रहेको र पूर्णरुपमा सफल भएको संयोजक खड्काले बताए ।

New year

हाल नेपालीमूलका बेलायतीहरुको ५,००० भन्दा माथि जनसंख्या रहेको यस ईलाकालाई समेट्नेगरि  सन् २००१ मा स्थापित यस संस्थाले आफ्नै सामुदायिक भबन खरिद गर्न पहल गरीरहेको तथ्य प्रसंशनीय छ भने संस्थाप्रति सबैको आकर्षण बढेको र यो सबै रेडिंङवासी नेपालीको साझा चौतारी बनिसकेको प्रष्ट छ । नेपाली समुदायको चौतर्फी उन्नतिकालागि यो संस्था लागिपरेको पनि सर्बबिदितै छ ।

New year New year New year New year फोटो सौजन्य: त्रिलोचन गौतम/ लक्ष्मी पौडेल

बेलायतबासी महिलाहरुको पहलमा मृगौला पीडित माननीय शान्ति अधिकारीलाई आर्थिक सहयोग

 

७ मार्च २०१८

 

दुवै मृगौलाले काम नगर्ने अबस्थामा पुगेकी बाग्लुंग निवासी राष्ट्रिय सभा सदस्य शान्ति कुमारी जिसी अधिकारीको मृगौला प्रत्यारोपणको लागि बेलायतमा वस्ने महिलाहरुको बिशेष पहलमा करीब दुइ हप्ताको अबधीमा संकलित रकम १४ लाख ७७ हजार गत ७ मार्चका दिन एक कार्यक्रम गरी नेपालमा हस्तान्तरण गरिएको छ । 

 

उक्त सहयोग रकम कार्यक्रममा सहयोग दाताको तर्फवाट नेपालमा रहनु भएका क्षेत्री समाज वेलायतका आजीवन सदस्य धन वहादुर क्षेत्री, बागलुङे समाज वेलायतका नरसिंह छन्त्याल तथा प्रेम कुमारी छन्त्यालले बागबजार स्थित होटल हार्दिकमा एक समारोहका बीच पीडित शान्ती अधिकारी तथा उनको श्रीमान गोबिन्द अधिकारीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा सामाजिक व्यक्तित्वहरु धन बहादुर बिस्ट, लिला बहादुर कुँवर, राधिका कुवँर दुलाल तथा दिल बहादुर जिसी लगायतका महानुभाबहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन लिला बहादुर कुँवरले गर्नुभएको थियो ।

 

बागलुङ जिल्लाको वडिगाड गाउँपालिका वडा नं. २ सिमलचौर निवासी शान्ति जिसी अधिकारी बिगत २ वर्ष देखि दुवै मृगौलाले काम नगर्ने रोगवाट पीडित थिइन । राजनीति तथा सामाजिक कार्यहरुमा सक्रिय अधिकारीको आर्थिक अबस्था निकै कमजोर भएको तर उपचारको लागी करीब २० लाख लाग्ने भएपछि उनले देश बिदेशका आफ्ना सबै आफन्तहरुसंग सहयोगको लागी याचना गरिन । उनको अनुरोधमा बेलायतमा रहेका अधिकारीका स्कुले जीवनका साथी तथा आफन्तहरु प्रतिमा केसी, शारदा कुँवर र लक्ष्मी बस्नेतको बिशेष पहलमा क्षेत्री समाज बेलायत, बाग्लुंगे समाज बेलायत तथा बिभिन्न सहयोगी महानुभाबहरुबाट सो रकम संकलन गर्न सफल भएका हुन । रकम संकलनका साथै उनका श्रीमान गोबिन्द अधिकारीले आफ्नो मृगौला दान दिने भएपछी उपचार सम्भब भएको हो ।

 

यस आर्थिक सहयोग संकलन कार्यक्रमको संयोजन क्षेत्री समाज बेलायतकी उपाध्यक्ष तथा तात्कालिन आपतकालीन राहतकोष संयोजक प्रतिमा केसीले गरेकी थिइन् । उपाध्यक्ष केसीले शारदा कुँवर, लक्ष्मी बस्नेत रहेको तीन सदस्यीय सहयोग समिति बनाइन । त्यो समितिमा रहेकी शारदा कुँवरले बाग्लुंगे समाजसंग सहयोगको लागी अपिल गरिन भने क्षेत्री समाज युकेको आपतकालीन राहत कोष संयोजक समेत रहेकी प्रतिमा केसीले क्षेत्री समाजमा यसलाई संयोजन गरिन । त्यसै गरी सामाजिक रुपमा सक्रिय लक्ष्मी बस्नेतले बिभिन्न महानुभाबहरुसंग ब्यतिगत रुपमा पहल गरिन । यस अभियानमा प्रतिमा केसीको व्यक्तिगत पहलमा रु २,११,९७४, क्षेत्री समाजका सदस्यहरु मार्फत रु ३,९८,०७६, बाग्लुंगे समाजबाट रु २,५९,०१४, शारदा कुँवरको व्यक्तिगत पहलमा रु ३,२६,१९३ र लक्ष्मी बस्नेतको व्यक्तिगत पहलमा रु २,८१,६५२ गरी जम्मा १४ लाख ७७ हजार रकम संकलन भएको थियो । स्मरणीय कुरा के छ भने यस अभियानलाइ महिलाहरुले मात्र संयोजन र नेतृत्व गरेर यति ठुलो रकम जम्मा गरेका हुन ।

 

यसै बीच सो अभियानको संयोजनको गरिरहेकी प्रतिमा केसीले महिला दिदीबहिनीको मात्र संयोजनमा यति ठुलो रकम संकलन गर्न सफल भएकोमा आफुहरु निकै खुसी र उत्साहित रहेको कुरा आफ्नो फेसबुक मार्फत सार्बजनिक गरेकी छन । फेसबुक मार्फत उदार मनले यस मानवीय कार्यमा सहयोग गर्नु हुने सबैलाई धन्यबाद समेत दिएकी छन ।

रेडिंगमा भब्य नव बर्ष शुभकामना साँझ हुने/ सत्यकला राईले स्टेज तताउने

बिगत बर्षहरुमा जस्तै यसपाली पनि ग्रेटर रेडिगं नेपाली समाजले  भव्यताका साथ  नव बर्ष शुभकामना साँझ आयोजना गर्ने भएको छ।  'नव बर्ष शुभकामना साँझ' एऊटा नियमित कार्यक्रम हो जुन संस्थाले हरेक बर्ष नयाँ बर्षको शुभारम्भ संगै मनाऊँदै आईरहेको छ । १४ अप्रिल शनिबार आयोजना  हुने  उक्त कार्यक्रम संचालन गर्न समाजले ऊपाध्यक्ष  भिमसेन खड्काको नेतृत्वमा एक  तैयारी समिती पनि  गठन गरेको छ । कार्यक्रमको प्रमुख आकर्षण को रुपमा चर्चित गायिका सत्यकलालाइ निम्त्याइएको छ ।

संस्थाका महासचिब ओमकार अधिकारीका अनुसार कार्यक्रम निकै आकर्षक तरिकाले संचालन गरिने छ । जन चाहना बमोजिम आसनग्रहण र भाषणमा बिल्कुल समय ख़र्च गरिने छैन र पुरै समय मनोरन्जनात्मक कार्यरक्रममा सदुपयोग गरिने छ । साँस्कृतिक कार्यक्रमको साथमा Dinner , DJ र Dance को ब्यबस्था गरिएको छ । उक्त कार्यक्रममा नेपालबाट आयकी चर्चित गायिका सत्यकला राई को बेजोड प्रतुतीका साथमा स्थानिय कलाकारहरुको प्रस्तुती रहने कुरामा ढुक्क रहन संयोजक खड्काले सबैलाई अनुरोध गरेका  छन् ।

यसै अबसरमा  आयोजकले संस्थाका सबै पुर्ब अध्यक्ष्यहरु र समाजका सल्लाहकारहरु , आजीबन तथा साधारण सदस्यहरु लगायत संपुर्ण रेडिंगबासीहरुलाई सहभागिताको लागि  सबैमा हार्दिक बिनम्र अनुरोध गरेको छ  । प्रवेश शुल्क अग्रिम टिकट लिनेको लागि £ १० मात्र र १२ बर्ष भन्दा कम ऊमेर समुहलाई £ ८ मात्र तोकीएको छ । सोहि दिन ढोकामा टिकट लिनेहरुको लागि भने £ १२ तोकिएको छ ।

संस्थाका अध्यक्ष कृण्ण प्रसाद न्यौपानेका आनुसार संस्थाका साधारण तथा आजीबन सदस्यता लिन ईच्छुक सबैका लागि  सगस्यता परिचयपत्र प्रदान गर्ने कार्यक्रम जारी रहेको  छ । यस संस्थाको आजीबन सदस्यता परिचय पत्र देखाएर रेडिंगका बिभिन्न पसल तथा सेबा प्रदारक संस्थाबाट ग्राहकहरुले बिशेष प्रकारको छुट पनि  प्राप्त गर्न सक्ने ब्यबस्था मिलाईएको छ । जस्तै रेडिंग नेपाली समाजको आजिबन सदस्य बनेको ब्यक्तिले बिभिन्न Travel Agencies, Hair dressers , किराना पसल , रेस्टुरेन्ट , dry-cleaning shop र driving School हरुबाट बिशेष छुट पाऊने ब्यबस्था मिलाईएको छ ।

कार्यक्रम The Wearehouse मा बेलुका ६ बजे देखी १०:३० सम्म संचालन हुने छ भने आगन्तुक सदस्यहरु लागी स्वादिष्ट भोजनको पनि ब्यबस्था गरिएको छ । 

आजको विनिमय दर
>