लण्डन-काठमाडौँ

सुम्निमा मेरी प्रेमिका


हरेक दिन जब संवादको भोक मेटन 
बिवादले अघाउनु पर्छ
तब 
मेरी सुम्निमा 
तिमीलाई सम्झिन्छु 
हाम्रो आस्तिक र नास्तिक बीचको 
एउटा लडाईं  
मलाई मन पर्ने पारीजात र भुपी 
तिम्रो रिमाल र बिपीमा गएर सँगम भएको 
प्रिय संवादको क्षण सम्झन्छु 
कती लामो बहस हुन्न्थ्यो 
मैले बुझाउन खोज्ने मार्क्स र तिमीले सिकाउन खोज्ने  तिम्रो बुझाईको फ्रायड 
तर पनि मात्र संवाद हुन्थ्यो 
बिवाद कहिले झेल्नु परेन
बिवादको डरले जब मौन हुनुपर्छ 
मौनता तोडनकै लागि 
तिमीलाई सम्झन्छु मेरी सुम्निमा 
समय क्रुर छ 
हरेक सुन्यता भित्र तिम्रो अस्तित्त्वको  कल्पनाले 
मात्र पनि 
मन रोमान्चित हुन्छ 
हरेक रातमा भोग्ने एेठन  समेत   
जब बिवादको बिषय बन्छ
मेरी सुम्निमा
अरु जिजिबिषाको संवादको 
कुरै नगरिदेउ
कती मिठो हुन्थ्यो 
हाम्रा ति संवादहरु
म जीवनको कुरा गर्थे तिमी जुनको 
म तिर्खाको कुरा गर्थे तिमी ताराको 
संगती नमिल्दा पनि 
असङति बीचमा बिवाद थिएन 
त्यसैले त 
त्यो सुन्दर भुतको सुखले पनि 
तर्साउछ अहिले 
प्रिया सुम्निमा 
फेरी एक पटक आउ 
मिल्छ भने अहिले नै
म सुट्टुक चुक्कल खोलिदिने छु 
एकै रातकोलागि सहि 
म सम्भोगको होइन 
संवादको भोको छु 
र 
यस पटक कुनै दर्शनको होइन 
रातभरी 
म मेरो भोगाइको संवाद गर्नेछु 
बिवाद्ले थाकेको यो मान्छे
त्यसपछि 
एक बिहानै  
चिच्याएर दुनियाँलाई सुनाउन चाहन्छ
सुम्निमा मेरी प्रेमिका !

सपनीमा देखे आमा (म्यूजिक भिडियो )

 थप पोस्ट

नवलपुर जिल्ला समाज यूकेले पहिलो अधिवेसन आगामी अप्रीलमा गर्ने

लण्डन । बेलायतस्थित नवलपुर जिल्ला समाज यूकेले आफ्नो पहिलो अधिवेसन आउंदो नेपाली नयां वर्षकै दिन गर्ने भएको छ । 
 
समाजको तदर्थ समितिको शनिबार रेडिंगमा बसेको बैठकले सन् २०१९ को अप्रील १४ तारिख आइतबार ( बैशाख १, २०७६ ) मा पहिलो अधिवेसन गर्ने निर्णय गरेको हो । अधिवेसनको भेन्यू भने पछि तोक्ने सहमति गरिएको जानकारी समाजका लण्डन संयोजक प्रकाश कंडेलले दिए । 
 
बैठकमा तदर्थ समितिले तयार गरेको संस्थाको विधानको प्रस्ताव प्रस्तुत गरिएको थियो । आउंदो समरमा वार्षिक भेटघाट तथा बिबिक्यू कार्यक्रम गर्ने निर्णय पनि बैठकले गरेको छ । 
 
समाजका अध्यक्ष ईन्द्रजित सारु मगरको अध्यक्षतामा सम्पन्न बैठकमा टिकाराम सापकोटा, प्रकाश कंडेल, मिना सापकोटा , नारायण कंडेल ( रेडिंग), चित्र राना मगर, युवराज राना, सुजाता कंडेल लगायतका पदाधिकारी तथा सदस्यहरुको साथै सल्लाहकारहरु होम शर्मा, सन्तोष रेग्मी, नारायण कंडेल ( वकिंग ) लगायतको उपस्थिति थियो । नारायण कंडेल र गंगा कंडेलको आतिथ्यमा बैठक सम्पन्न भएको थियो । 
 
नेपालमा संघीयताको कार्यान्वयनसंगै जन्मिएको नयां जिल्ला नवलपुरमा घर भइ अहिले बेलायतमा बस्नेहरुलाई एकबद्ध गर्दै गत अगस्ट महिनामा नवलपुर जिल्ला समाज यूके स्थापना भएको थियो ।

सुम्निमा मेरी प्रेमिका


हरेक दिन जब संवादको भोक मेटन 
बिवादले अघाउनु पर्छ
तब 
मेरी सुम्निमा 
तिमीलाई सम्झिन्छु 
हाम्रो आस्तिक र नास्तिक बीचको 
एउटा लडाईं  
मलाई मन पर्ने पारीजात र भुपी 
तिम्रो रिमाल र बिपीमा गएर सँगम भएको 
प्रिय संवादको क्षण सम्झन्छु 
कती लामो बहस हुन्न्थ्यो 
मैले बुझाउन खोज्ने मार्क्स र तिमीले सिकाउन खोज्ने  तिम्रो बुझाईको फ्रायड 
तर पनि मात्र संवाद हुन्थ्यो 
बिवाद कहिले झेल्नु परेन
बिवादको डरले जब मौन हुनुपर्छ 
मौनता तोडनकै लागि 
तिमीलाई सम्झन्छु मेरी सुम्निमा 
समय क्रुर छ 
हरेक सुन्यता भित्र तिम्रो अस्तित्त्वको  कल्पनाले 
मात्र पनि 
मन रोमान्चित हुन्छ 
हरेक रातमा भोग्ने एेठन  समेत   
जब बिवादको बिषय बन्छ
मेरी सुम्निमा
अरु जिजिबिषाको संवादको 
कुरै नगरिदेउ
कती मिठो हुन्थ्यो 
हाम्रा ति संवादहरु
म जीवनको कुरा गर्थे तिमी जुनको 
म तिर्खाको कुरा गर्थे तिमी ताराको 
संगती नमिल्दा पनि 
असङति बीचमा बिवाद थिएन 
त्यसैले त 
त्यो सुन्दर भुतको सुखले पनि 
तर्साउछ अहिले 
प्रिया सुम्निमा 
फेरी एक पटक आउ 
मिल्छ भने अहिले नै
म सुट्टुक चुक्कल खोलिदिने छु 
एकै रातकोलागि सहि 
म सम्भोगको होइन 
संवादको भोको छु 
र 
यस पटक कुनै दर्शनको होइन 
रातभरी 
म मेरो भोगाइको संवाद गर्नेछु 
बिवाद्ले थाकेको यो मान्छे
त्यसपछि 
एक बिहानै  
चिच्याएर दुनियाँलाई सुनाउन चाहन्छ
सुम्निमा मेरी प्रेमिका !

प्रमोद खरेलको स्वरमा रहेको अत्यन्तै मार्मिक गीत सार्बजनिक

२१ सेप्टेम्बर

लोकप्रिय गायक तथा अहिले नेपालमा चलिरहेको भोइस अफ नेपालका कोचहरु मध्यका एक प्रमोद खरेलको स्वर रहेको निकै मार्मिक गीत ‘सपनीमा देखें आमा’ म्युजिक नेपालले हालै युट्युब मार्फत सार्बजनिक गरेको छ । गीतमा परदेशमा रोजगारीमा रहेको छोराले नेपालमा रहेकी मुटुको बिमारी आमालाई सम्झेर भाबबिभोर भएको कथा समेटिएको छ । त्यसै गरी दशैंमा घरमा जान नपाउदाको पिंडा, भाइटीकामा दिदीको संझनाले भक्कानिएको मुटु अनि साहुको ऋणले पिरलिएको आमाको मर्म बोलेको छ । त्यसै गरी नेपालमा आमाले परदेशी छोरालाई सम्झेर बिताइरहेको कठिन पलहरु समाबेश गरिएको छ । नेपाली ग्रामीण जीवनको यथार्थता बोकेको यस गीत र अभिनयले साँचो अर्थमा लाखौ प्रबासी छोराहरुको प्रतिनिधित्व गरेको छ ।

कुमार केसीको रचना, रमेश कायस्थको संगीत रहेको यस गीत रागा स्टुडियो काठमाडौका आशिष अविरलले अरेन्ज गरेका थिए । नेपालमा ललितपुरमा छायांकन गरिएको यस म्युजिक भिडिओमा बिभिन्न चलचित्र तथा म्युजिक भिडियोमा सफल अभिनय गरिसकेका कलाकारहरु जीबन भट्टराई र रश्मी भट्ट लगायतका कलाकारहरुले अभिनय गरेका छन । यस भिडिओको निर्देशन कान्तिपुर टेलिभिजनका कार्यक्रम निर्माता अर्जुन अधिकारीले गरेका भने यसको निर्माण कुमार केसीले गरेका हुन ।

बरिष्ठ हांस्यब्यग्य कबि शैलेन्द्र सिम्खडा लण्डनमा सम्मानित

११ सेप्टम्बर २०१८, लण्डन ।

धादिङ नुवाकोट समाज यूकेले नेपाल प्रज्ञा प्रतिष्ठानमा बिगत २५ बर्षदेखी सेवारत नेपालबाट आउनु भएका बरिष्ठ हांस्य ब्यंग्य कबि शैलेन्द्र सिम्खडालाई लण्डनमा सम्मान गरेको छ । स्थानीय हिमलायन क्लबमा संस्थाका अध्यक्ष सी बी लामाको सभापतित्व तथा महासचिब धन पाख्रिनको संचालनमा आयोजित उक्त सभामा कलाकार मिना लामालाई बिदाई तथा लोक तथा दोहोरी गायिका कला लम्साल र मोडल तथा गायीका सीर्जु अधिकारीलाई समेत सम्मान गरियो ।  संस्थाको तर्फबाट अध्यक्ष सी बी लामा तथा एन आर एन ए आई सी सी सदस्य तथा संस्थाका सल्लाहकार रामशरण सिमखडाले उहांहरुलाई सम्मान गर्नु भएको थियो ।

sailandra

सो अवसरमा बोल्दै श्रष्टा सिम्खडाले धादिङ र नुवाकोटमा आपसी सम्बन्धको बिबिध आयामको बारेमा प्रकाश पार्नु हुंदै दुई जिल्ला मिलि एउटै संस्था बन्नु र त्यसको आयोजनामा यसरी सम्मनित हुन पाउंदा भाषा तथा साहित्यमा लागेको एक जिल्लाबासीको नाताले गौरब गौरवान्बित महसुश गरेको अनुभूती सुनाउनु भयो । प्रवासको ब्यस्त जिबनशैलीमा समेत मातृभूमी प्रतिको लगाव र त्यहां केही गरौभन्ने मानबिय भावनाले संगठीत साथीहरुको प्रयासको प्रशंसा गर्नु हुंदै बेलायतमा रहंदा यस समाज संग पुनः कुनै कार्यक्रमा जोडिने बिश्वास समेत गर्नु भयो । कलाकार मीना लामाले आफ्नो बेलायत बसाईको प्रबन्ध मिलाई सहयोग गर्नु हुने समाज प्रति आभार ब्यक्त गर्नु हुंदै भावनात्मक रुपमा संधै यस समाज प्रति कृतज्ञ रहने बताउनु भयो । सम्मानीत कलाकारद्वय कला लम्साल  सीर्जु अधिकारी शान्ती नेपाली समाज बर्मिङ्गघमको आमन्त्रणमा बेलायतमा रहनु भएको छ । सो अवसरमा समाजका उपाध्यक्ष कृष्ण तिमिल्ना, दीप तामाङ, सचिब बुद्दी बहादुर तामाङ, बासु लामिछाने, शंकर केसी, शम्भु केसी, शुदर्शन सिमखडा, दीप बहादुर गुरुङ लगायत समाजका प्रबुद्ध ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

बाह्रौँ  रेडिंगकप फुटबल भब्य रुपमा सम्पन्न 

 

२६ अगस्ट २०१८ 
Greater Reading Nepalese Community Association  (GRNCA) द्वारा यहि August 25 मा पाल्मर पार्कमा आयोजित 12th Reading Cup एेतिहाँसिक रुपमा भब्यताका साथ सफलतापुर्बक सम्पन्न भएको छ । 
यसपालीको Reading Cup Football Tournamentमा बेलायतको बिभिन्न ठाऊँबाट आएका २४ वटा टिमको सहभागिता रहेको थियो । १६ वटा टिमहरु रहेको प्रमुख समुहमा बिजेताको ताज MBZ (Mongolian Bhanzaz ) ले पहिरिन  सफल भयो भने Runner-up मा Jiggy Boys ले हात पार्न सफल रह्यो । 

Reading cup

Winning Team MBZ ले £1600  सय नगद पुरस्कारका साथ ट्रफि हात पार्न सफल रह्यो भने Runner-up मा Jiggy Bulls ले £1000 नगदका साथ ट्रफि हात पार्न सफल रह्यो । उपरोक्त  समुहमा Jiggy Bulls का सुरज थापा मगरले सबोत्कृट खेलाडिको पुरस्कार प्राप्त गरे भने MBZ का ईदान राईले सबै भन्दा बढि गोल हान्ने खेलाडिको रुपमा गोल्डेन बुटको पुरस्कार हात पार्न सफल भए । यसैगरी जम्मा ६ वटा टिम रहेको Veterans तर्फ BBC ( Brigade boys Club ) ले बिजेता बन्दै £1000 नगदका पुरस्कारका साथ ट्रफि प्राप्त गर्न सफल रह्यो भने Runner -up मा QAFC ( Queens Avenue Football Club ) ले £500 नगद पुरस्कारमा चित्त बुझाऊनु पर्यो । उपरोक्त समुहमा BBC का सुरज गुरुंग सबोत्कृष्ट खेलाडि र BBC कै मिलन राई सर्वोत्तम गोल गर्ने खेलाडि घोषित हुँदै पुरस्कार हात पारे । 
सन् 2006 साल देखी शुरु भएको रेडिंग कप नेपाली समाजले हरेक बर्ष आयोजना गर्दै आएको छ र ऊक्त Tournament  भित्रका अन्य आकर्षण हरुमा नेपाली स्वयं सेबक स्बास्थ्य कर्मिहरु द्वारा निशुल्क स्वास्थ्य परिक्षण , बिभिन्न नेपाली परिकारका खाना पिना तथा नेपाली पहिचानका सामाग्रिको प्रदर्शन र भाग्यदया चिठ्टा (Raffle draw )प्रमुख थिए जस्ले गर्दा यो एऊटा मिनी नेपाली मेलाको रुपमा परिणत भए झैं देख्न सकिन्थ्यो । 

Reading cup

उपाध्यक्ष सुसिला गुरूंग र सल्लाहकार ढक गुरुंगले स्वंयसेबक हरुलाई बिहानको खाजाको स्वसौजन्य गर्दै बितरणको ब्यबस्था गर्नु भएको थियो भने सल्लाहकार अर्जुन बस्नेतको नेतृत्वमा रेडिंग आमा समुहकी अध्यक्ष चन्द्रा पुन , GRNCA ऊपाध्य़ दिपक गुरूंग लगायतको सहयोगमा दिन भर नै नेपाली परिकारका खानाको ब्यबस्थापन गरिएको थियो । सल्लाहकार रामेश्वर थापा र साथिहरुको सकृयतामा भएको राफल ड्र् ले अदभुत रूपमा मनोरन्जन दिनुका साथै राम्रो आय आर्जन गर्न समेत गर्न सफल रह्यो। स्थानीय स्वास्थ्यकर्मि शुभाष दाहाल, नानु दाहाल र यशोदा कार्कीको हेल्थ चेकको मोर्चा अत्यन्तै प्रंशशनीय रह्यो ।सल्लाहकार  द्वय क्याप्नेट सि बि पुन र चन्द्रमान गुरुंगको  सेक्युरिटी ब्यबस्थापनले कार्यक्रमको सौहार्दतामा थप योगदान गर्न सफल भएको महसुस गर्न सकिन्थ्यो । उपाध्यक्ष भिमसेन खड्काको  संयोजनमा परिचालीत स्वयंसेवक महानुभावहरुको योगदान  ज़्यादै प्रशंसनीय रह्ये । त्यस्तै उपाध्यक्ष धन बहादुर रानामगरको संयोजकत्वमा संचालित   प्राबिधिक टोलीमा प्रेम गुरूंग , भरत पौड्याल, नारद भण्डारी, कुमार के सी , प्रभात अधिकारी लगायतको टोलीले दिनभर खेलको ब्यबस्थापन र संयोजन गरेको थियो । पत्रकार रमेश कायस्थ , मनि सुबेदी ,सुबिन गुरुंग र गोबिन्द अर्मजा लगायतका फ़ोटोग्राफ़र हरूको लगातार कभरेजले टुर्नामेन्टको एक उचाई थपेको महसुस हुन्थ्यो । बिहान दश बजेनै शुरु भएको उपरोक्त खेलको उद्घाटन गैर आबासिय नेपाली सँघ बेलायतका बरिष्ट नेता तथा समाजसेवी  बि़श्व आदर्श पण्डित र उपाध्यक्ष पुनम गुरूंगले संयुक्त रुपमा गर्नुभयो भने बेलुका आठ बजे पुरस्कार बितरण समारोहमा रेडिंग मेयर काऊन्सिलर Debs Edwards प्रमुख अतिथीको रुपमा उपस्थित हुनुभएको थियो । यसैगरी ऊक्त समारोहमा ग़ैर आबासिय नेपाली संघठन बेलायतका अध्यक्ष योग कुमार फगामी र पुर्ब उपाध्यक्ष हिराधन राई लगाएत GRNCA पूर्ब अध्यक्षहरु  अर्जुन बस्नेत , कीर्ति बिलास पन्त, र मान बहादुर गुरुंग र GRNCA सल्लाहकारहरु तथा सौजन्यकर्ताहरुको पनी उपस्थिती थियो। 

Reading cup

पुरस्कार बितरण कार्यक्रमको अन्त्यमा रेडिंग मेयरले छोटो मन्तब्य ब्यक्त गर्दै रेडिंग नेपाली समाजले आयोजना गरेको उक्त खेलमा आँफु पनी उपस्थित हुँदै खेल हेर्न पाएकोमा र पुरस्कार बितरण गर्ने मौका पाएकोमा प्रसन्नता ब्यक्त गर्दै रेडिंग नेपाली समाज र संबन्धित सबैलाई धन्यबाद ज्ञापन गर्नु भयो । कार्यक्रमको अन्तिममा रेडिंग नेपाली समाजका अध्यक्ष कृष्ण न्यौपानेले बाह्रौ रेडिंग कप सफलता पुर्बक सम्पन्न भएकोमा खुसी ब्यक्त गर्दै सफल पार्न योगदान गर्ने स्वंयसेबक , सौजन्यदाताहरु , खेलाडि  ,दर्शक र शुभचिन्तक सबैलाई धन्यबाद ज्ञापन गर्दै औपचारिक रुपमा रेडिंग कप २०१८ समापन भएको घोषणा गर्नु भयो । बाह्रौ रेडिंग कपको संयोजन संस्थाका ऊपाध्यक्ष यादब श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रम संचालन महासचिव ओमकार अधिकारीले गरेका थिए।

Reading cup Reading cup Reading cup Reading cup Reading cup

आजको विनिमय दर
>