लण्डन-काठमाडौं

रेडिंगमा सामुहिक दशैं टिका तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

११ अक्टोबर २०१६ ;

हाइली स्किल्ड माइग्रेन्ट फोरम रेडिंग को आयोजनामा आज रेडिंग स्थित वेयरहाउसमा विजया दशमीको उपलक्ष्यमा सामुहिक टिका तथा शुभकामना आदानप्रदान  कार्यक्रम सम्पन्न भयो । सो सामुहिक टिका कार्यक्रममा जेष्ठ नागरिक द्वय विष्णु माया कायस्थ र बिष्णु माया रेग्मी ले उपस्थित सबैलाई टिका तथा जमरा प्रदान गर्नुभएको थियो ।

बदलिँदो परिस्थितिमा परम्परागत संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न यस प्रकारको कार्यक्रम महत्वपूर्ण हुने  हुदा उपस्थित सबैले कार्यक्रमको प्रशंसा गरेका थिए । दशैंको टिकाको दिन मान्यजनबाट टिका र आशिर्बाद ग्रहण गर्नुपर्ने परम्परा अनुसार सो कार्यक्रम आयोजना गरिएको कुरा फोरमका संयोजक नबिन आचार्यले बताए । नेपाल देखि आएर नेपालीहरुमाझ दशैँ मनाउन पाउँदा स्थानीय बुद्धिजीवी डा कृष्ण रेग्मीकी आमा बिष्णु माया रेग्मी  निक्कै प्रफुल्लित देखिनुहुन्थ्यो । कार्यक्रममा रेडिंग आसपासका उल्लेख्य संख्यामा नेपालीहरुको उपस्थिति थियो । हाइली स्किल्ड माइग्रेन्ट फोरम रेडिंगले गत बर्षदेखि टिका कार्यक्रम आयोजना गर्दै आएको छ ।

फोटो सौजन्य: प्रविण दाहाल

Banner
sradanjali
 थप पोस्ट

बरिष्ठ हांस्यब्यग्य कबि शैलेन्द्र सिम्खडा लण्डनमा सम्मानित

११ सेप्टम्बर २०१८, लण्डन ।

धादिङ नुवाकोट समाज यूकेले नेपाल प्रज्ञा प्रतिष्ठानमा बिगत २५ बर्षदेखी सेवारत नेपालबाट आउनु भएका बरिष्ठ हांस्य ब्यंग्य कबि शैलेन्द्र सिम्खडालाई लण्डनमा सम्मान गरेको छ । स्थानीय हिमलायन क्लबमा संस्थाका अध्यक्ष सी बी लामाको सभापतित्व तथा महासचिब धन पाख्रिनको संचालनमा आयोजित उक्त सभामा कलाकार मिना लामालाई बिदाई तथा लोक तथा दोहोरी गायिका कला लम्साल र मोडल तथा गायीका सीर्जु अधिकारीलाई समेत सम्मान गरियो ।  संस्थाको तर्फबाट अध्यक्ष सी बी लामा तथा एन आर एन ए आई सी सी सदस्य तथा संस्थाका सल्लाहकार रामशरण सिमखडाले उहांहरुलाई सम्मान गर्नु भएको थियो ।

sailandra

सो अवसरमा बोल्दै श्रष्टा सिम्खडाले धादिङ र नुवाकोटमा आपसी सम्बन्धको बिबिध आयामको बारेमा प्रकाश पार्नु हुंदै दुई जिल्ला मिलि एउटै संस्था बन्नु र त्यसको आयोजनामा यसरी सम्मनित हुन पाउंदा भाषा तथा साहित्यमा लागेको एक जिल्लाबासीको नाताले गौरब गौरवान्बित महसुश गरेको अनुभूती सुनाउनु भयो । प्रवासको ब्यस्त जिबनशैलीमा समेत मातृभूमी प्रतिको लगाव र त्यहां केही गरौभन्ने मानबिय भावनाले संगठीत साथीहरुको प्रयासको प्रशंसा गर्नु हुंदै बेलायतमा रहंदा यस समाज संग पुनः कुनै कार्यक्रमा जोडिने बिश्वास समेत गर्नु भयो । कलाकार मीना लामाले आफ्नो बेलायत बसाईको प्रबन्ध मिलाई सहयोग गर्नु हुने समाज प्रति आभार ब्यक्त गर्नु हुंदै भावनात्मक रुपमा संधै यस समाज प्रति कृतज्ञ रहने बताउनु भयो । सम्मानीत कलाकारद्वय कला लम्साल  सीर्जु अधिकारी शान्ती नेपाली समाज बर्मिङ्गघमको आमन्त्रणमा बेलायतमा रहनु भएको छ । सो अवसरमा समाजका उपाध्यक्ष कृष्ण तिमिल्ना, दीप तामाङ, सचिब बुद्दी बहादुर तामाङ, बासु लामिछाने, शंकर केसी, शम्भु केसी, शुदर्शन सिमखडा, दीप बहादुर गुरुङ लगायत समाजका प्रबुद्ध ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

बाह्रौँ  रेडिंगकप फुटबल भब्य रुपमा सम्पन्न 

 

२६ अगस्ट २०१८ 
Greater Reading Nepalese Community Association  (GRNCA) द्वारा यहि August 25 मा पाल्मर पार्कमा आयोजित 12th Reading Cup एेतिहाँसिक रुपमा भब्यताका साथ सफलतापुर्बक सम्पन्न भएको छ । 
यसपालीको Reading Cup Football Tournamentमा बेलायतको बिभिन्न ठाऊँबाट आएका २४ वटा टिमको सहभागिता रहेको थियो । १६ वटा टिमहरु रहेको प्रमुख समुहमा बिजेताको ताज MBZ (Mongolian Bhanzaz ) ले पहिरिन  सफल भयो भने Runner-up मा Jiggy Boys ले हात पार्न सफल रह्यो । 

Reading cup

Winning Team MBZ ले £1600  सय नगद पुरस्कारका साथ ट्रफि हात पार्न सफल रह्यो भने Runner-up मा Jiggy Bulls ले £1000 नगदका साथ ट्रफि हात पार्न सफल रह्यो । उपरोक्त  समुहमा Jiggy Bulls का सुरज थापा मगरले सबोत्कृट खेलाडिको पुरस्कार प्राप्त गरे भने MBZ का ईदान राईले सबै भन्दा बढि गोल हान्ने खेलाडिको रुपमा गोल्डेन बुटको पुरस्कार हात पार्न सफल भए । यसैगरी जम्मा ६ वटा टिम रहेको Veterans तर्फ BBC ( Brigade boys Club ) ले बिजेता बन्दै £1000 नगदका पुरस्कारका साथ ट्रफि प्राप्त गर्न सफल रह्यो भने Runner -up मा QAFC ( Queens Avenue Football Club ) ले £500 नगद पुरस्कारमा चित्त बुझाऊनु पर्यो । उपरोक्त समुहमा BBC का सुरज गुरुंग सबोत्कृष्ट खेलाडि र BBC कै मिलन राई सर्वोत्तम गोल गर्ने खेलाडि घोषित हुँदै पुरस्कार हात पारे । 
सन् 2006 साल देखी शुरु भएको रेडिंग कप नेपाली समाजले हरेक बर्ष आयोजना गर्दै आएको छ र ऊक्त Tournament  भित्रका अन्य आकर्षण हरुमा नेपाली स्वयं सेबक स्बास्थ्य कर्मिहरु द्वारा निशुल्क स्वास्थ्य परिक्षण , बिभिन्न नेपाली परिकारका खाना पिना तथा नेपाली पहिचानका सामाग्रिको प्रदर्शन र भाग्यदया चिठ्टा (Raffle draw )प्रमुख थिए जस्ले गर्दा यो एऊटा मिनी नेपाली मेलाको रुपमा परिणत भए झैं देख्न सकिन्थ्यो । 

Reading cup

उपाध्यक्ष सुसिला गुरूंग र सल्लाहकार ढक गुरुंगले स्वंयसेबक हरुलाई बिहानको खाजाको स्वसौजन्य गर्दै बितरणको ब्यबस्था गर्नु भएको थियो भने सल्लाहकार अर्जुन बस्नेतको नेतृत्वमा रेडिंग आमा समुहकी अध्यक्ष चन्द्रा पुन , GRNCA ऊपाध्य़ दिपक गुरूंग लगायतको सहयोगमा दिन भर नै नेपाली परिकारका खानाको ब्यबस्थापन गरिएको थियो । सल्लाहकार रामेश्वर थापा र साथिहरुको सकृयतामा भएको राफल ड्र् ले अदभुत रूपमा मनोरन्जन दिनुका साथै राम्रो आय आर्जन गर्न समेत गर्न सफल रह्यो। स्थानीय स्वास्थ्यकर्मि शुभाष दाहाल, नानु दाहाल र यशोदा कार्कीको हेल्थ चेकको मोर्चा अत्यन्तै प्रंशशनीय रह्यो ।सल्लाहकार  द्वय क्याप्नेट सि बि पुन र चन्द्रमान गुरुंगको  सेक्युरिटी ब्यबस्थापनले कार्यक्रमको सौहार्दतामा थप योगदान गर्न सफल भएको महसुस गर्न सकिन्थ्यो । उपाध्यक्ष भिमसेन खड्काको  संयोजनमा परिचालीत स्वयंसेवक महानुभावहरुको योगदान  ज़्यादै प्रशंसनीय रह्ये । त्यस्तै उपाध्यक्ष धन बहादुर रानामगरको संयोजकत्वमा संचालित   प्राबिधिक टोलीमा प्रेम गुरूंग , भरत पौड्याल, नारद भण्डारी, कुमार के सी , प्रभात अधिकारी लगायतको टोलीले दिनभर खेलको ब्यबस्थापन र संयोजन गरेको थियो । पत्रकार रमेश कायस्थ , मनि सुबेदी ,सुबिन गुरुंग र गोबिन्द अर्मजा लगायतका फ़ोटोग्राफ़र हरूको लगातार कभरेजले टुर्नामेन्टको एक उचाई थपेको महसुस हुन्थ्यो । बिहान दश बजेनै शुरु भएको उपरोक्त खेलको उद्घाटन गैर आबासिय नेपाली सँघ बेलायतका बरिष्ट नेता तथा समाजसेवी  बि़श्व आदर्श पण्डित र उपाध्यक्ष पुनम गुरूंगले संयुक्त रुपमा गर्नुभयो भने बेलुका आठ बजे पुरस्कार बितरण समारोहमा रेडिंग मेयर काऊन्सिलर Debs Edwards प्रमुख अतिथीको रुपमा उपस्थित हुनुभएको थियो । यसैगरी ऊक्त समारोहमा ग़ैर आबासिय नेपाली संघठन बेलायतका अध्यक्ष योग कुमार फगामी र पुर्ब उपाध्यक्ष हिराधन राई लगाएत GRNCA पूर्ब अध्यक्षहरु  अर्जुन बस्नेत , कीर्ति बिलास पन्त, र मान बहादुर गुरुंग र GRNCA सल्लाहकारहरु तथा सौजन्यकर्ताहरुको पनी उपस्थिती थियो। 

Reading cup

पुरस्कार बितरण कार्यक्रमको अन्त्यमा रेडिंग मेयरले छोटो मन्तब्य ब्यक्त गर्दै रेडिंग नेपाली समाजले आयोजना गरेको उक्त खेलमा आँफु पनी उपस्थित हुँदै खेल हेर्न पाएकोमा र पुरस्कार बितरण गर्ने मौका पाएकोमा प्रसन्नता ब्यक्त गर्दै रेडिंग नेपाली समाज र संबन्धित सबैलाई धन्यबाद ज्ञापन गर्नु भयो । कार्यक्रमको अन्तिममा रेडिंग नेपाली समाजका अध्यक्ष कृष्ण न्यौपानेले बाह्रौ रेडिंग कप सफलता पुर्बक सम्पन्न भएकोमा खुसी ब्यक्त गर्दै सफल पार्न योगदान गर्ने स्वंयसेबक , सौजन्यदाताहरु , खेलाडि  ,दर्शक र शुभचिन्तक सबैलाई धन्यबाद ज्ञापन गर्दै औपचारिक रुपमा रेडिंग कप २०१८ समापन भएको घोषणा गर्नु भयो । बाह्रौ रेडिंग कपको संयोजन संस्थाका ऊपाध्यक्ष यादब श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रम संचालन महासचिव ओमकार अधिकारीले गरेका थिए।

Reading cup Reading cup Reading cup Reading cup Reading cup

धादिङ-नुवाकोट समाज युके को बार्षिक भेटघाट कार्यक्रम

लण्डन । धादिङ र नुवाकोट जन्म भई बेलायतमा बसोवास गर्दै आएकाहरुको संस्था धादिङ–नुवाकोट समाज बेलायतले बार्षिक भेटघाट कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । बेलायतको लण्डनस्थित साउथ ह्यारोमा धादिङ नुवाकोट समाजले विशेष भेटघाट कार्यक्रमको आयोजना गरेका हुन । बिगत ११ बर्ष देखी कृयाशिल यस संस्था केहि बर्ष देखी अत्यन्तै सकृय र सृजनशीलरूपमा बेलायतमा अग्रणी सामाजिक संस्थामा लिईन्छ! यस्को गत ३/४ बर्षको कार्यक्रमको फेहरिस्तीले सो कुराको पुनर्पुष्टी गर्छ! कार्यक्रममा धादिङ र नुवाकोटमा जन्म भई बेलायतलाई मुल कर्मथलो बनाएर बसोवास गर्नेहरुको ठुलो संख्यामा उपस्थिती रहेको थियो ।

Bhanu

भेटघाट कार्यक्रममा धादिङ नुवाकोट समाजका अध्यक्ष चोक तामाङले आफ्नो जन्मभुमिको सम्झाना र सम्मानका खातिर समाज गठन भएको र यसले धादिङ र नुवाकोटेहरुलाई भावनात्मक एकताको कसीमा ल्याएको बताउनुभयो । समाजले मुलतः जन्मभुमिप्रति सदैव इमान्दार भएर सम्मान गर्ने काम गरेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि राजदुत डा. दुर्गाबहादुर सुवेदीले यस्ता कार्यक्रमहरुले आफु जन्मेको माटोलाई सदैव सम्झाउने र जिम्मेवारी बोध गराउने बताउनुभयो । यसले आफु जन्मेको ठाउँलाई विर्सन नदिने र सधै उन्नतीको पथमा अगाडी डोर्याउने प्रेरणा दिने बताउनुभयो । उनी अझै भाबुक हुंदै आफ्नो यो समाजको मौलिकता र कृयाशिलता तथा भावनात्मक अपनत्वले ब्यस्त कार्यतालिकालाई थाती राख्दै यहांहरुको साथमा रहन आएको बताए ! कार्यक्रममा सामाजिक अभियन्ता तथा एन आर एन आई सी सी सदस्य तथा समाजका सल्लाहकार रामशरण सिम्खडाले धादिङ नुवाकोट समाजले दुई जिल्ला भौगोलिक, राजनीतिक र सामाजिक बिबिधतालाई चिर्दै एकअर्कालाई एकाकार गरेकोले यसको महत्व छुट्टै रहेको बताउनुभयो । यस्तो प्रकारको संस्थाहरुले अखण्डतालाई विशेष ध्यान दिदै सामारिक महत्व समेत राख्ने बताउनुभयो । उनले आफ्नै चिरपरिचित मौलिक शैलीमा घोड़ा र खसी को कथा सुनाउंदै सामाजिक अभियान बिना स्वार्थ आफ्नो मातृभूमी प्रतिको कर्तब्यबोधका लाग्न समाजलाई बिषेश अनुरोध गरे !

Bhanu

कार्यक्रममा जोनमोर यूनिवर्सिटी का एसोसियट डिन प्रा डा पदम सिमखडा, पत्रकार महासंग यूके शाखाका बरिष्ठ उपाध्यक्ष ध्रुब राज अर्याल, मेन्दोमाया परिवारका अध्यक्ष हरिसिं वाईबा, मे (री) बिष्णु घले, तमुधी यूके अध्यक्ष ज्ञाम गुरूड्गले समाजको बिबिध आयामबारे प्रकाश पार्दै मन्तब्य राख्नु भएको उक्त कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष दीप ब तामाड्गले गरेका थियो भने उत्कृष्ट संस्कृतिक कार्यक्रमको संयोजन र संचालन अर्की उपाध्यक्ष देबी रानी गुरूंगले गरेकी थिईन ! जिल्लाको सामाजिक काममा सहयोग पुर्याउनु भएका बिभिन्न संघसंस्था तथा महानुभावहरूलाई सम्मान समेत गरिएको थियो ! कार्यक्रममा ४ सयको हाराहारीमा धादिङ–नुवाकोट वासीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिक मिना लामा र नायिक छुल्ठिम गुरुङको प्रस्तुतिले सबै सहभागिको मन जितेको देखिन्थ्यो । कार्यक्रममा सहभागी अधिकॉसले यस्तो भब्य, सभ्य र सुब्यबस्थीत कमै कार्यक्रम हुंने हुदा भरपुर मनोरंजनको साथै आत्मिएता बाडिएको प्रतिकृया दिए !

Bhanu

 

Bhanu

बाह्रौ रेडिंग कप फुटबलको भब्य तयारी

बेलायतमा नेपालीहरुको बाक्लो बस्ती भएको प्रमुख शहरहरु मध्यको एक प्रमुख शहर हो रेडिंग । रेडिंगमा दर्जनौ नेपाली संघसंस्थाहरु क्रियाशील रकेका छन ती सबै संघसंस्थाको छाता संगठनको रुपमा रहेको छ ग्रेटर रेडिंग नेपाली समाज । २००१ मा स्थापित यो समाज २००८ मा च्यारिटी कमिसनमा दर्ता गरिएको छ र यसले नियमित रुपमा समाजोपयोगी बिबिध गतिबिधी गर्दै आएको छ । यसले समाजमा युवाहरुको सहभागीता र आपसी भाइचारा बढाउने उद्धेश्यले बिगत लामो समयदेखि रेडिंग कप फुटबल आयोजना गर्दै आएको छ । यस बर्ष पनि “खेलको माध्यमबाट युवा शशक्तिकरण” भन्ने नारा सहित बाह्रौ संस्करण रेडिंग कप फुटबल गर्ने भएको छ ।

 

बेलायतमा हुने फुटबल प्रतियोगिताहरु मध्ये कै एक भब्य र पुरानो फुटबल टुर्नामेन्टको पूर्ण तयारी पुरा भैसकेको कुरा ग्रेटर रेडिंग नेपाली समाजका उपाध्यक्ष्य तथा रेडिंग कप फुटबल आयोजक समितिका संयोजक यादव श्रेष्ठले बताएका छन । आगामी २५ अगस्ट शनिबारका दिन स्थानीय पाल्मर पार्कमा हुने उक्त कपमा भेट्रान र नन भेट्रान गरी करीब २४ टिमको सहभागिता हुने कुरा संयोजक श्रेष्ठले बताएका छन ।  अहिले सहभागी हुने क्रम जारी रहेको र अनलाइन दर्ता गर्ने ब्यबस्था समेत रहेको कुरा संयोजक श्रेष्ठले बताए । यस प्रतियोगिताको पुरस्कार राशी पनि निकै आकर्षक रहेको छ । संयोजक श्रेष्ठका अनुसार यस बर्ष नन भेट्रानतर्फ बिजयी हुने समुहलाई १६०० पाउण्ड र उपबिजयी समुहलाई १००० पाउण्ड पुरस्कार राशी राखिएको छ भने भेट्रान तर्फ बिजयी समुहलाई १००० पाउण्ड र उपबिजयी समुहलाई ५०० पाउण्ड प्रदान गरिने छ ।

 

समाजको एउटा बिशेष पर्वको रुपमा मनाइने उक्त फुटबल टुर्नामेन्टमा बिबिध प्रकारका नेपाली खानाहरु उपलब्ध गराउनुका साथै भब्य नाचगान समेत गरिने कुरा समाजका महासचिब ओमकार अधिकारीले बताए । नेपाली उत्पादनका सामानहरु स्टलमा बिक्रि गरिने तथा बिबिध जानकारीमुलक स्टल समेत राखिने कुरा महासचिब अधिकारीले बताए ।

 

रेडिंग बरो काउन्सिलका मेयर र नेपाली राजदुताबासको समेत उपस्थितिमा हुने पुरस्कार वितरण समारोहमा पुरस्कार सौजन्य गर्ने महानुभावलाई बिशेष सम्मान गरिने कुरा समाजका अध्यक्ष्य कृष्ण न्यौपानेले बताएका छन । अध्यक्ष्य न्यौपानेले एक बिज्ञप्ति मार्फत समाजको गौरबको रुपमा स्थापित यस फुटबल टुर्नामेन्टलाइ भब्यतापुर्बक सम्पन्न गर्न सहयोग पुर्याउन सबै रेडिंगबासी नेपालीलाइ अपिल गर्दै बेलायतभर रहेका सबै संघ संस्थालाई सहभागी हुन समेत अनुरोध गरेका छन ।

रम्यो रेडिंग भानु जयन्तिमा

रेडिंग, युके
१६ जुलाई २०१८ 

सदा झैँ यस पटक पनि रेडिंगमा भानु जयन्ति कार्यक्रम प्रतियोगितात्मक कबिता गोष्ठीका साथ भब्य रुपमा मनाईयो । २०५ औ भानु जयन्तिका उपलक्षमा स्थानीय एक सभागृहमा भएको उक्त कार्यक्रम ग्रेटर रेडिंग नेपाली कम्युनिटी एसोसिएसन ( GRNCA ) द्वारा यहि जुलाई १४ तारिखको दिन  मनाईएको हो । GRNCA ले २०१६ मा ग़ैर आबासिय नेपाली संगठन बेलायत (NRNA UK ) को भाषा साहित्य बिभागसंग सहकार्य गर्दै मनाएको थियो भने गत बर्ष जस्तै यस पटक पनि साहित्य संगम युके संगै संयुक्त रुपमा मनाएको हो ।

Bhanu

भानुभक्तको तस्बिरमा माल्यार्पण गरी शुरुवात गरिएको ऊक्त कार्यक्रमको सभापतित्व रेडिंग नेपाली समाजका अध्यक्ष कृष्ण न्यौपानेले गरेका थिए भने प्रमुख अतिथि गितकार तथा संगीतकार किरण प्रधान थिए । कार्यक्रमको शुरुमा रेडिंग नेपाली समाजका अध्यक्ष्य न्यैपानेले ऊपस्थित सबैलाई श्वागत गरे भने साहित्य संगम युके का संस्थापक अध्यक्ष्य बिनोद अधिकारीले बेलायकमा भाषा साहित्य प्रतीको अभिरुचि र यस तर्फ बढ्दै गरेको मोह तथा रेडिंग नेपाली समाज र साहित्य संगम युके को सहकार्यको बारेमा आफ्नो मन्तब्य ब्यक्त गर्दै नेपाली भाषा साहित्यमा आदिकबी भानुभक्त आचार्यको योगदानको बारेमा पनि प्रकाश पारे । यसरीनै प्रमुख अतिथी किरण प्रधानले आँफ्नो अक्षर अभीयानको बारेमा प्रकास पार्दै गीत संगीत, कला र भाषा साहित्य प्रति बेलायतबासी नेपालीहरुको लगाब र योगदानको कदर गर्दै यस्ता कीसिमका बिभिन्न कार्यक्रमहरुमा सहभागी हुन पाऊँदा आँफुलाई ज्यादै खुसी लागेको बताए ।

कार्यक्रमको पहिलो चरणमा रेडिंग नेपाली समाजका सदस्य द्वय स्थानीय युबाहरु डा.प्रबिण दाहाल र डा. बासु पौड्याललाई समाजको तर्फबाट अध्यक्ष्य न्यौपाने द्वारा फुलको गुच्छा र शुभकामना संदेशका साथ सम्मान गरीएको थियो । दुबै व्यक्तित्वले हालै मात्र दुई छुट्टा छुट्टै बिश्वबिध्यालयबाट बिधाबारिधि हाँसिल गरेका हुन ।

Bhanu

त्यस पछी १८ बर्ष मुनीका र १८ बर्ष माथीका गरि छुट्टा छुट्टै समुहमा बिभाजन गरिएको कविता प्रतियोगिता आयोजना गरिएको थियो । कबिता मूल्यांकनको लागि गैरआबासिय नेपाली संगठन युकेका भाषा साहित्य बिभाग प्रमुख साहित्यकार तथा पत्रकार नारायण गाँऊलेको नेतृत्वमा दुई सदस्सीय समिती बनेको थियो जस्मा स्थानीय साहित्यकार डा. प्रवीण दाहालले साथ दिएका थिए ।

प्रतियोगितात्मक कबिता बाचनको कार्यक्रमको लगत्तै अप्रतियोगितात्मक कबिताहरु पनि बाचन गरिएका थिए । कार्यक्रममा ललित दुधराज र प्रतिमा दुधराजले भानुभक्त संबन्धित सुमधुर गीत संयुक्त रुपमा प्रस्तुत गरे । प्रतियोगितामा भाग लिने कबिहरुमा लक्ष्मि पौडेल , निर्मला न्यौपाने , लाल बहादुर गुरुंग , प्रतिमा दुधराज , भरत पौड्याल , एलेक्स सापकोटा , ऋसब न्यौपाने , आद्या भट्टराई र केनिशा गौतम थिए भने कार्यक्रममा अन्य थप १० वटा अप्रतियोगि कबिताहरु पनि बाचन गरिएका थिए जस्मा त्रिलोचन गौतम , बलदेब भट्ट , प्रतिमा दुधराज , लक्ष्मी पौड्याल , किरण प्रधान , सभापति कृष्ण न्यौपाने, बिनोद अधिकारी,  निर्णायक मण्डलीको तर्फबाट नारायण गाऊँले र संयोजक ओमकार अधिकारीले पनि आआफ्ना कबिता बाचन गरेका थिए ।

Bhanu

कबिता बाचनकै क्रममा नारायण गाँऊलेले निर्णायक मण्डल को तर्फबाट बोल्दै कबिता मूल्यांकन गर्नु एक चुनौतीपूर्ण काम भएको र यसमा कुनै बैज्ञानिक मापनयन्त्र नभएको हुँदा नतीजा सबैलाई चित्त नबुझ्न सक्छ भन्दै आँफुलाई बिश्वास गरी यो महत्वपूर्ण जिम्मेवारी सुम्पेकोमा आयोजक दुवै सँस्थालाई धन्यवाद पनि दिए । यसरि निर्णायक मण्डलबाट प्राप्त नतीजा कार्यक्रम संचालक ओमकार अधिकारीले सुनाएका थिए भने रेडिंग नेपाली समाजका पुर्ब अध्यक्ष्य द्वय अर्जुन बस्नेत तथा मान बहादुर गुरुंग , कार्यक्रमका प्रमुख अतिथि किरण प्रधान , सभापति न्यौपाने र सह - आयोजकको तर्फबाट बिनोद अधिकारी र निर्णायक मण्डलको तर्फबाट नारायण गाऊँलेले पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए ।

Bhanu

१८ बर्ष मुनीको समुहमा केनिशा गौतम प्रथम, आद्या भट्टराई दोस्रो र एलेक्स सापकोटा तृतिय भए भने ऋसब सापकोटाले सान्त्वना पुरस्कार प्राप्त गरे । त्यस्तै १८ बर्ष माथीको समुहमा भरत पौड्याल प्रथम, प्रतिमा दुधराजले दोस्रो र लाल बहादुर गुरुंगले तेस्रो स्थान प्राप्त गरे भने लक्ष्मी पौडेल र निर्मला न्यौपानेलेले सान्त्वना पुरस्कार प्राप्त गरे । प्रतियोगितामा भाग लिने सबैको लागि प्रसंसापत्र प्रदान गरिएको थियो भने उत्कृष्ट ठहरिएका दुबै समुहका प्रतियोगि हरुको लागी सुनौला ट्रफि पुरस्कारको रुपमा प्रदान गरिएको थियो । अत्त्यमा कार्यक्रममा उपस्थित संपुर्ण साहित्यिक मनहरूलाई रेडिंग नेपाली समाज र साहित्य संगम युकेको तर्फबाट धन्यवाद ज्ञापन गर्दै संयोजक अधिकारीले कार्यक्रम समापन भएको घोषणा गर्दै सभा बिसर्जन गरिएको थियो ।

युकेमा विभिन्न स्थानमा हुने यस्ता कार्यक्रमले नेपाली भाषा तथा साहित्यको संरक्षण र विकास हुने राम्रो सम्भावना देखिन्छ । पुरानो पुस्ता संगै नयाँ पुस्तालाई पनि यसरि संगसंगै अगाडी बढ्न हौसला गर्नु प्रसंसनिय कार्य हो ।

Bhanu

आजको विनिमय दर
>