लण्डन-काठमाडौं

एन आर एन युकेद्वारा बेलायतका लागी नेपाली राजदुतको स्वागत

कुमार के.सी.

१६ अक्टोबर २०१६

संयुक्त अधिराज्य बेलायतका लागी नवनियुक्त महामहिम राजदुत डा. दुर्गा बहादुर सुबेदी क्षेत्रीलाइ एन आर एन युकेले एक भब्य कार्यक्रम बीच स्वागत गरेको छ। बेलायतको अल्डरसटमा भएको उक्त कार्यक्रम आफ्नो मन्तब्य राख्दै राजदुत सुबेदीले भने सबै जाती, सबै पार्टी र सबै धर्म-संस्कृतिका गैर आबासीय नेपालीको लागी सहज रुपमा पहुच पुग्ने र हुने ठाउको रुपमा बेलायती दुताबासलाइ ब्यबस्थित गर्ने कुरा प्रतिबध्दता व्यक्त गरे। उनले थप चर्चा गर्दै दुताबासले सबै बेलायतबासी नेपालीलाई सधै एउटा अभिभाबकको रुपमा र एउटी चेलीको लागी माइतीको रुपमा भूमिका गर्नेछ। उनले एन आर एन का हरेक असल गतिविधिलाई सहयोग गर्ने बचनबद्धता समेत व्यक्त गरे।

सो कार्यक्रममा एन आर एन युरोप संयोजक कुल आचार्य तथा बेलायतका अध्यक्ष्य मुछेत्र गुरुंगले क्रमश युरोप तथा बेलायतका वर्तमान गतिबिधि तथा आगामी कार्यक्रम बारेमा बोलेका थिए। बेलायतमा रहेका बिभिन्न राजनीतिक पार्टी, एन आर एनका आइ सी सी सदस्य तथा सल्लहाकार  र बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमका सहभागीहरुले फूलका गुच्छा तथा खादाले राजदुत सुबेदीको स्वागत गरेका थिए। कार्यक्रममा प्रबासी नेपाली मंच बेलायतका अध्यक्ष्य राम शरण सिम्खडा, जनसम्पर्क समितिका अध्यक्ष्य लोक गुरुङ, प्रगतिशील मंचका सुरेन्द्र श्रेष्ठ, नयाशक्ति पार्टीका डा. चन्द्र लक्सम्बा तथा अन्य बिभिन्न पार्टीका नेताहरुको समेत उपस्थिति रहेको थियो। सो कार्यक्रममा प्रतिमा के.सी., फडिन्द्र भट्टराई, सुर्य गुरुङ र ललित न्यौपाने मुक्तक तथा कबिता मार्फत स्वागत गरेका थिए भने स्वागत स्वरूप एउटा नाच समेत प्रस्तुत गरिएको थियो।

उक्त कार्यक्रम एन आर एन युकेका अध्यक्ष्य मुछेत्र गुरुंगको अध्यक्ष्यता तथा महासचिब विजय लिंग्देलको संचालनमा भएको थियो भने स्वागत मन्तब्य मिलन गुरुंगले गरेका थिए।

Banner
some content here
 थप पोस्ट

रम्यो रेडिंग भानु जयन्तिमा

रेडिंग, युके
१६ जुलाई २०१८ 

सदा झैँ यस पटक पनि रेडिंगमा भानु जयन्ति कार्यक्रम प्रतियोगितात्मक कबिता गोष्ठीका साथ भब्य रुपमा मनाईयो । २०५ औ भानु जयन्तिका उपलक्षमा स्थानीय एक सभागृहमा भएको उक्त कार्यक्रम ग्रेटर रेडिंग नेपाली कम्युनिटी एसोसिएसन ( GRNCA ) द्वारा यहि जुलाई १४ तारिखको दिन  मनाईएको हो । GRNCA ले २०१६ मा ग़ैर आबासिय नेपाली संगठन बेलायत (NRNA UK ) को भाषा साहित्य बिभागसंग सहकार्य गर्दै मनाएको थियो भने गत बर्ष जस्तै यस पटक पनि साहित्य संगम युके संगै संयुक्त रुपमा मनाएको हो ।

Bhanu

भानुभक्तको तस्बिरमा माल्यार्पण गरी शुरुवात गरिएको ऊक्त कार्यक्रमको सभापतित्व रेडिंग नेपाली समाजका अध्यक्ष कृष्ण न्यौपानेले गरेका थिए भने प्रमुख अतिथि गितकार तथा संगीतकार किरण प्रधान थिए । कार्यक्रमको शुरुमा रेडिंग नेपाली समाजका अध्यक्ष्य न्यैपानेले ऊपस्थित सबैलाई श्वागत गरे भने साहित्य संगम युके का संस्थापक अध्यक्ष्य बिनोद अधिकारीले बेलायकमा भाषा साहित्य प्रतीको अभिरुचि र यस तर्फ बढ्दै गरेको मोह तथा रेडिंग नेपाली समाज र साहित्य संगम युके को सहकार्यको बारेमा आफ्नो मन्तब्य ब्यक्त गर्दै नेपाली भाषा साहित्यमा आदिकबी भानुभक्त आचार्यको योगदानको बारेमा पनि प्रकाश पारे । यसरीनै प्रमुख अतिथी किरण प्रधानले आँफ्नो अक्षर अभीयानको बारेमा प्रकास पार्दै गीत संगीत, कला र भाषा साहित्य प्रति बेलायतबासी नेपालीहरुको लगाब र योगदानको कदर गर्दै यस्ता कीसिमका बिभिन्न कार्यक्रमहरुमा सहभागी हुन पाऊँदा आँफुलाई ज्यादै खुसी लागेको बताए ।

कार्यक्रमको पहिलो चरणमा रेडिंग नेपाली समाजका सदस्य द्वय स्थानीय युबाहरु डा.प्रबिण दाहाल र डा. बासु पौड्याललाई समाजको तर्फबाट अध्यक्ष्य न्यौपाने द्वारा फुलको गुच्छा र शुभकामना संदेशका साथ सम्मान गरीएको थियो । दुबै व्यक्तित्वले हालै मात्र दुई छुट्टा छुट्टै बिश्वबिध्यालयबाट बिधाबारिधि हाँसिल गरेका हुन ।

Bhanu

त्यस पछी १८ बर्ष मुनीका र १८ बर्ष माथीका गरि छुट्टा छुट्टै समुहमा बिभाजन गरिएको कविता प्रतियोगिता आयोजना गरिएको थियो । कबिता मूल्यांकनको लागि गैरआबासिय नेपाली संगठन युकेका भाषा साहित्य बिभाग प्रमुख साहित्यकार तथा पत्रकार नारायण गाँऊलेको नेतृत्वमा दुई सदस्सीय समिती बनेको थियो जस्मा स्थानीय साहित्यकार डा. प्रवीण दाहालले साथ दिएका थिए ।

प्रतियोगितात्मक कबिता बाचनको कार्यक्रमको लगत्तै अप्रतियोगितात्मक कबिताहरु पनि बाचन गरिएका थिए । कार्यक्रममा ललित दुधराज र प्रतिमा दुधराजले भानुभक्त संबन्धित सुमधुर गीत संयुक्त रुपमा प्रस्तुत गरे । प्रतियोगितामा भाग लिने कबिहरुमा लक्ष्मि पौडेल , निर्मला न्यौपाने , लाल बहादुर गुरुंग , प्रतिमा दुधराज , भरत पौड्याल , एलेक्स सापकोटा , ऋसब न्यौपाने , आद्या भट्टराई र केनिशा गौतम थिए भने कार्यक्रममा अन्य थप १० वटा अप्रतियोगि कबिताहरु पनि बाचन गरिएका थिए जस्मा त्रिलोचन गौतम , बलदेब भट्ट , प्रतिमा दुधराज , लक्ष्मी पौड्याल , किरण प्रधान , सभापति कृष्ण न्यौपाने, बिनोद अधिकारी,  निर्णायक मण्डलीको तर्फबाट नारायण गाऊँले र संयोजक ओमकार अधिकारीले पनि आआफ्ना कबिता बाचन गरेका थिए ।

Bhanu

कबिता बाचनकै क्रममा नारायण गाँऊलेले निर्णायक मण्डल को तर्फबाट बोल्दै कबिता मूल्यांकन गर्नु एक चुनौतीपूर्ण काम भएको र यसमा कुनै बैज्ञानिक मापनयन्त्र नभएको हुँदा नतीजा सबैलाई चित्त नबुझ्न सक्छ भन्दै आँफुलाई बिश्वास गरी यो महत्वपूर्ण जिम्मेवारी सुम्पेकोमा आयोजक दुवै सँस्थालाई धन्यवाद पनि दिए । यसरि निर्णायक मण्डलबाट प्राप्त नतीजा कार्यक्रम संचालक ओमकार अधिकारीले सुनाएका थिए भने रेडिंग नेपाली समाजका पुर्ब अध्यक्ष्य द्वय अर्जुन बस्नेत तथा मान बहादुर गुरुंग , कार्यक्रमका प्रमुख अतिथि किरण प्रधान , सभापति न्यौपाने र सह - आयोजकको तर्फबाट बिनोद अधिकारी र निर्णायक मण्डलको तर्फबाट नारायण गाऊँलेले पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए ।

Bhanu

१८ बर्ष मुनीको समुहमा केनिशा गौतम प्रथम, आद्या भट्टराई दोस्रो र एलेक्स सापकोटा तृतिय भए भने ऋसब सापकोटाले सान्त्वना पुरस्कार प्राप्त गरे । त्यस्तै १८ बर्ष माथीको समुहमा भरत पौड्याल प्रथम, प्रतिमा दुधराजले दोस्रो र लाल बहादुर गुरुंगले तेस्रो स्थान प्राप्त गरे भने लक्ष्मी पौडेल र निर्मला न्यौपानेलेले सान्त्वना पुरस्कार प्राप्त गरे । प्रतियोगितामा भाग लिने सबैको लागि प्रसंसापत्र प्रदान गरिएको थियो भने उत्कृष्ट ठहरिएका दुबै समुहका प्रतियोगि हरुको लागी सुनौला ट्रफि पुरस्कारको रुपमा प्रदान गरिएको थियो । अत्त्यमा कार्यक्रममा उपस्थित संपुर्ण साहित्यिक मनहरूलाई रेडिंग नेपाली समाज र साहित्य संगम युकेको तर्फबाट धन्यवाद ज्ञापन गर्दै संयोजक अधिकारीले कार्यक्रम समापन भएको घोषणा गर्दै सभा बिसर्जन गरिएको थियो ।

युकेमा विभिन्न स्थानमा हुने यस्ता कार्यक्रमले नेपाली भाषा तथा साहित्यको संरक्षण र विकास हुने राम्रो सम्भावना देखिन्छ । पुरानो पुस्ता संगै नयाँ पुस्तालाई पनि यसरि संगसंगै अगाडी बढ्न हौसला गर्नु प्रसंसनिय कार्य हो ।

Bhanu

धादिङ-नुवाकोट समाजको साधारण सभा सम्पन्न - कलाकार मीना लामा सम्मानित

धादिङ र नुवाकोटबाट बेलायतआई बसोबास गरिरहेका नेपालीहरुको साझा संस्था धादिङ नुवाकोट समाज यूके (DNS UK) को ११औं बार्षिक साधारण सभा हिजो अल्ससर्ट स्थीत गोर्खा किचनमा सम्पन्न भएको छ ।  संस्थाको अध्यक्ष सी बी तामाङको अध्यक्षतामा सम्पन्न सो साधारण सभा महासचिब धन बहादुर पाख्रिनले संचालन गर्नु भएको थियो ! धादिङ-नुवाकोट-रसुवा क्षेत्रको मौलिक संस्कृतिलाई प्रवासमा समेत संरक्षण र संबर्धन गर्ने अभिप्रायले २०११ देखि अस्तित्वमा रहेता पनि बिगत २ महिना अघी मात्र संस्थागत आकार दिईएको 'मेन्दोमायां परिवार' का संस्थापक अध्यक्ष हरि सिं गुरुङ तथा महासचिब बम ब्लदेनलाई स्वागत तथा सम्मानबाट शुरु भएको उक्त कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष देबी रानी गुरुङले गर्नु भएको थियो ! बिगत बर्षमा भए गरेका कृयाकलापहरुको बिस्तृत प्रतिबेदन महासचिब धन पाख्रिनले प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष दीप ब गुरुङले संस्थाको आयब्यय प्रस्तुत गर्नु भएको थियो ! ब्यापक छलफल पश्वात हलले सर्बसम्मले प्रगती प्रतिबेदन तथा आर्थिक प्रतिबेदन पास गरेको थियो ! अध्यक्ष सी बी तामाङले संस्थाले अल्पकालिन तथा दीर्घकालिन रुपमा लिन पर्ने कार्य दिशाको बारेमा संस्थागत उधेश्य, लक्ष, कार्यदिशा र योजनाहरु प्रस्तुत गर्नु भएको थियो ! च्यारीटी दर्ता संयोजक कृष्ण प्रसाद तिमिल्सिनाले दर्ता प्रकृयाको बारेमा हाल सम्म भए गरेका प्रगति प्रतिबेदन प्रस्तुत गर्नु हुंदै सभामा उठेका जिज्ञासाहरुको जवाफ दिनु भएको थियो ! संस्थाका संस्थापक अध्यक्ष नारायण गुरुङ, पूर्ब अध्यक्ष राम बहादुर गुरुङ, निवर्तमान अध्यक्ष बम ब्लदेन, सल्लाहकार त्रय रामशरण सिमखडा,  मे (री) बिष्णु घले, मोतीमान बज्राचार्यले संस्थाको भावी कार्यक्रमको बारेमा आफ्ना धाराणाहरु राख्नु भएको थियो ! आगामी ११ अगष्टमा ह्यारो फुटबल क्लब मा सम्पन हुन गै रहेको 'बार्षिक समर भेटघाट' लाई भब्यरुपमा सम्पन्न गर्न बिभिन्न उप-समितिहरु निर्माण गर्दै भब्यरुपमा साधारण सभाको समापन अध्यक्षबाट गरिएको थियो !


  Dhading

  कार्यक्रमको दोश्रो शत्रमा नेपाली कन्सर्टको लागी मगर संघ यूकेको निमन्त्रणामा ईन्द्रेणी सांस्कृतिक परिवारकी कार्यक्रम संचालिका तथा धादिङकी राष्ट्रिय लोक तथा दोहोरी गायिका मीना लामालाई संस्थाक अध्यक्ष सी बी तामाङ, पूर्ब अध्यक्षहरु नारायण गुरुङ, राम बहादुर गुरुङ तथा मेन्दोमाया परिवारको तर्फबाट अध्यक्ष हरि सिं गुरुङले खादा, प्रमाण-पत्र तथा नगद सहयोगले सम्पान ब्यक्त गर्दै कला संस्कृती र जिल्लाको समेत पहिचानलाई उंचो राख्न कलाकार मीना लामालाई शुभ-कामन दिईएको थियो ! सम्पानित कलाकार लामाले भाबबिभोर हुंदै यो सम्मान र मायांलाई संधै शिरमा राखेर यहांहरुको भावनाको कदर गरि रहने प्रतिज्ञा समेत गर्नु भएको थियो !

  Dhading
ज्ञातब्य रहोस: धादिङ र नुवाकोट दुई जिल्लालाई समेटेर बनाईएको यस संस्था बिगत ११ बर्ष देखी बेलायतमा कृयाशिल छ र बिभिन्न समाजिक कृयाकलापमा कृयाशिल हुंदै आएको छ । 

  Dhading

  Dhading

 

बेलायतमा एमाले र माओबादी पार्टीका मंचहरु बीच एकता बारे छलफल

२१ मे २०१८

रेडिंग, युके

 

नेपालका दुई ठुला कम्युनिस्ट पार्टीहरु नेपाल कम्युनिस्ट पार्टी एमाले र माओबादी केन्द्र बीच गत १७ मे (जेष्ठ ३ गते) मा पार्टी एकीकरण सम्पन्न भएपछि बिस्तारै यसको प्रभाब बेलायतमा पनि देखिएको छ / एमालेको भातृ संगठनको रुपमा सक्रिय रहेको प्रबासी नेपाली मंच रेडिंग इलाका कमिटीले गत आइतबार २० जुलाइका दिन केक काटेर पार्टी एकताको स्वागत गरेको छ / रेडिंग इलाका कमिटिका अध्यक्ष्य प्रतिमा केसी तथा पुर्ब अध्यक्ष्यहरु अर्जुन बस्नेत र डा. कृष्ण रेग्मीले संयुक्त रुपमा केक काटेर सबैसंग खुसी साटेका थिए / स्थानीय थेम्स भ्याली पार्कमा रेडिंग तथा स्वीन्डन  क्षेत्रमा बसोबास गर्ने एमाले समर्थक तथा शुभेच्छुकहरुको ठुलो उपस्थितिमा बिबिक्यु तथा मनोरंजन गरी उक्त स्वागत कार्यक्रम सम्पन्न भएको छ / रेडिंग इलाका कमिटि अध्यक्ष प्रतिमा केसीको अध्यक्ष्यता, सचिब कृष्ण आचार्यको संचालन र उपाध्यक्ष्य नारायण कंडेलको स्वागत मन्तब्यबाट शुरु भएको उक्त कार्यक्रममा प्रबासी नेपाली मंचका युरोप क्षेत्रीय सदस्य राम शरण सिम्खडाको प्रमुख आतिथ्यता तथा प्रबासी नेपाली मंच बेलायतका उपाध्यक्ष्य द्वय कुमार केसी र नारद भण्डारीको उपस्थिति रहेको थियो /

बिबिक्यु सहितको खानपान, औपचारिक कार्यक्रम तथा मनोरन्जन गरी तीन चरणमा गरिएको उक्त कार्यक्रममा बोल्दै मंचका युरोप क्षेत्रीय सदस्य तथा पुर्ब अध्यक्ष्य राम शरण सिम्खडाले एमाले र माओबादी पार्टी एकीकरण एक ऐतिहासिक कार्य भएको र देश विकासको लागी एउटा महत्वपूर्ण खुड्किलो हुने बताए / त्यसै गरी प्रबासी नेपाली मंचका उपाध्यक्ष तथा रेडिंग इलाका इन्चार्ज  नारद भण्डारीले माओबादीसंग बिगतमा कतिपय कुरामा मनमुटाब र असमझदारी भए पनि पार्टी एकीकरण स्वागतयोग्य रहेको बताए / प्रबासी नेपाली मंच बेलायतका पुर्ब सल्लाहकार तथा रेडिंग इलाका कमिटिका पुर्ब अध्यक्ष डा. कृष्ण रेग्मीले पार्टी एकीकरण आफैमा राम्रो कुरा हो तर यसलाई पूर्ण रुपमा व्यवहारमा लागु गरेमा मात्र हाम्रो यो खुसी बास्तबिक खुसीमा परिणत हुनेछ भन्नु भयो / उक्त कार्यक्रममा बुद्दिजिबि डा. चन्द्र बहादुर गुरुङ, रेडिंग इलाका कमिटिका पुर्ब अध्यक्ष अर्जुन बस्नेत तथा देबेन्द्र श्रेष्ठले समेत आफ्नो भनाइ  राख्नु भएको  थियो /

कार्यक्रममा प्रबासी नेपाली मंच युकेका उपाध्यक्ष्य कुमार केसीले तीनवटा प्रस्ताबहरु पेश गर्नु भएको थियो / दुवै पार्टी एकीकरण भएकोमा सर्बसम्मत रुपमा स्वागत गर्ने, रेडिंग तथा त्यस क्षेत्रमा रहेको माओबादीको भात्रृ संगठन नेपाली जनप्रगतिशील मंचसंग एकताको छलफल गर्न पाँच सदस्यीय कमिटि गठन गर्ने र लामो समयदेखि स्वास्थ्य उपचार गराइरहेका प्रा. नारायण गुरुङको स्वाथ्यलाभको कामना गर्ने प्रस्ताब प्रस्तुत गर्दा सर्बसम्मत रुपमा पारित भएको थियो / एकता बार्ता तथा छलफलका लागी सो भेलाले रेडिंग इलाका कमिटिका अध्यक्ष्य प्रतिमा केसीको संयोजकत्वमा डिल्ली घिमिरे, यादव श्रेष्ठ, भीमसेन खड्का र करन गुरुङ रहेको पांच सदस्यीय कमिटि बनाएको छ /

कार्यक्रमको अन्तमा इलाका कमिटिका अध्यक्ष प्रतिमा केसीले यो बिशेष खुसीको दिन हो अब हामी रेडिंग तथा बेलायतभर रहेका दुवै मंचका सदस्यहरु निकट भविष्य मै एक हुनेछौ भन्दै घरघरबाट खानेकुराका बिभीन्न परिकार बनाएर ल्याउनु हुने दिदीबहिनी, बिबिक्यु ब्यबस्थापनमा बिशेष भूमिका निभाउनु हुने भीमसेन खड्का, रामेश्वोर थापा, सुरेश थापा तथा लक्ष्मण श्रेष्ठलाई धन्यबाद समेत दिएका थिए /

GRNCA को अगुवाइमा रेडिङमा भब्य संयुक्त बुद्ध जयन्ती

बेलायतको  रेडिङमा स्थित संपुर्ण संघ सँस्थाहरुको सहकार्यमा संयुक्त रुपमा बुद्ध जयन्ती मनाएको छ । ग्रेटर रेडिङ नेपलिज कम्युनिटी एसोसिएसनको आयोजना र अग्रसरता तथा रेडिङस्थित विभिन्न सामाजिक संघसंस्थाको सहकार्यमा २५६२ औं बुद्ध जयन्ती मनाइएको हो । यही ५ मे का दिन रेडिङस्थित पाकिस्तानी कम्युनिटी सेन्टरको सभाकक्षमा बिहान ८ देखि दिऊसो २ बजेसम्म कार्यक्रम गरिएको हो ।

Buddha

बुद्ध जयन्ती कार्यक्रमको पहिलो चरणमा नेपालबाट आएका बौद्ध लामा गुरु His Eminese डुपसिंग रिम्पुचे बाट मुल बत्ति प्रज्वलन गरिएको थियो भने लामा धर्म गुरूहरु द्वय गुप्त लामा ,जनता लामा र रक्षा लामा द्वारा पुजा अर्चना तथा वाँग ग्रहणको कार्यक्रमको आयोजना गरिएको थियो । पुजाआजाको कार्यक्रमको साथ साथै लामा बौद्ध गुरु डुपसिंग रिंम्पुचेले बुद्ध दर्शन र बुद्ध जयन्तीको महिमाबारे प्रवचन पनि दिएका थिए। औपचारिक कार्यक्रमको सभापतित्व ग्रेटर रेडिङ नेपलिज कम्युनिटी एसोसिएसनका अध्यक्ष कृष्ण न्यौपानेले गरेका थिए भने आयोजक सम्पूर्ण संघ संस्थाको तर्फबाट तामाङ घेदुंग संघका अध्यक्ष प्रेम लामाले रेडिंगमा बुद्ध जयन्ति मनाऊने प्रचलनको शुरवात तामांग घेदुंग संघले शुरु गरेको र गत बर्ष यता हाल रेडिंग समाजले अग्रसरतासाथ मनाऊन लागेकोमा प्रसन्नता ब्यक्त गरे। त्यस्तै कार्यक्रमसंयोजक दीपक गुरुंगले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै संघ संस्था लगायत सम्पुर्ण स्वंय सेबकहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Buddha

कार्यक्रम सञ्चालन ग्रेटर रेडिङ नेपलिज कम्युनिटी एसोसिएसनका महासचिव ओमकार अधिकारीले गरेका थिए । संयुक्त रुपमा आयोजना गरिएको उक्त पूजा तथा प्रवचन कार्यक्रममा ग्रेटर रेडिङ नेपलिज कम्युनिटी एसोसिएसन, म्हाणे संघ रेडिङ, तामाङ घेदुंग संघ रेडिङ, रेडिङ तमु समाज, मगर समाज रेडिङ, पासा पुचः गुठी रेडिङ, क्षेत्री समाज रेडिङ, ठकुरी समाज रेडिङ, किरात समाज रेडिङ, फर्गटन ब्रिटिश गोर्खाज, रेब्गा रेडिङ, गेसो रेडिङ, आमा समूह रेडिङ, पेनी फर नेपाल, रेडिङ युथ र एचएसएमपी फोरम र बुद्ध गुम्बा आवद्ध थिए । ऊक्त कार्यक्रम सफल बनाउन विभिन्न संघसंस्था र व्यक्तिबाट भोजन तथा चन्दा संकलन गरिएको थियो । भक्तजनहरुले जलपान, फलफूल, हल सजावट, फोटोग्राफी, म्यूजिक सिस्टम, मैनबत्ति समेत प्रदान गरेका थिए । कार्यक्रम सफल बनाउन रेडिङ म्हाणे संघ तथा आमा समूह रेडिङको विशेष योगदान थियो । कार्यक्रम संयोजन ग्रेटर रेडिङ नेपलिज कम्युनिटी एसोसिएसन उपाध्यक्षद्वय सुशीला गुरुङ र दिपक गुरुङले गरेका थिए ।

साहित्य संगमको ७औं शृंखलामा रमाए रेडिंगका कविहरु

साहित्य संगमको ७औं शृंखला हिंजो रेडिंगस्थित बेईजिंग नुडल्स रेष्टुराँमा सम्पन्न भयो ।यादव श्रेष्ठको संयोजकत्वमा संपन्न संगमको ७औं शृंखला काव्यिक साँझमा उपस्थित कवि कवियत्रीले २० भन्दा बढि कविता र मुक्तक वाचन गरे। कार्यक्रममा कविहरू लाल गुरूंग, ओमकार अधिकारी, बिनोद अधिकारी,शुभा अधिकारी,कुमार के सी ,प्रतिमा के सी , रमेश कायस्थ, निर्मला न्यौपाने, महेश आचार्य र यादव श्रेष्ठले आ-आफ्नो सृजना वाचन गरेका थिए।

उक्त अवसरमा स्रष्टा लाल गुरुड़को 'लाहुरेको हातमा कलम' कविता संग्रह सहभागीहरूलाई वितरण गरिएको थियो।                            

आजको विनिमय दर
>